विराटनगर ६ माघ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष प्रकाशचन्द्र लोहनीले नेपालको राजनिति र व्यवस्थामा नेकपाको सरकार असक्षम भइसकेको बताएका छन् । राप्रपाद्धारा विराटनगरमा मंगलबार आयोजित भण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण समारोहमा बोल्दै अध्यक्ष लोहनीले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै लोहनीले नेकपाभित्रको विवाद पद पैसा र षड्यन्त्रको तुनाबुना मात्र भएको आरोप लगाए । प्रधानमन्त्रीओलीको कदम असंवैधानिक भए पनि यसको पूर्ण ब्याख्या गर्ने अधिकार उच्च अदालत संग रहेकाले त्यसको पर्खाइमा आफुहरु रहेको बताए । लोहनीले राजसंस्था र धर्म सापेक्षतालाई पार्टीले मुख्य एजेन्डाको रुपमा अगाडि सारेको र यसलाई निरन्तरता दिने बताए ।
नेपालमा राजसंस्थाको आबश्यकता खट्किसकेको र यसका लागि लागि स्वतह या जनमत संग्रह गरेर एउटा निकास दिनु पर्ने बताए । कार्यक्रममा कार्यसम्पादन समितिका विश्वमोहन थापा ,श्याम प्रसाद तिमल्सिना,सगुन सुन्दर लावती, दिनेश साह ,जिल्ला अध्यक्षद्धय माधव आचार्य र डा.दुर्गा बहादुर अधिकारी लगाएतको सहभागिता रहेको थियो ।