काठमान्डौ ८ माघ ।
देशको पूर्वी र मध्य भू–भागमा बंगलादेश र आसपासमा बनेको निम्न चापीय प्रणालीको प्रभाव रहेकाले मौसम केही प्रभावित बनेको छ । देशका अधिकांश क्षेत्रको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने बताइएको छ । तराईका भागहरुमा बाक्लो हुस्सु–कुहिरो लागिरहेको छ।
बिहीबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने बताइएको छ ।यस्तै हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।