काठमान्डौँ ८ माघ ।
हामी रातो झण्डा फहराउनेवालाहरु हौँ ,कालो झण्डा र बेलुन बोकेर हिँड्नेवाला होइनौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसो भनिरहदा कार्यक्रम स्थल गुन्जयमान भयो । प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलाको बिहिबार उद्घाटन गर्दै ओलीले अवरोध चिरेर विकास र समृद्धिका यात्रामा अघि बढ्न सरकार र पार्टी दृढताका साथ लागेको बताए ।
प्रधानमन्त्री ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेका कारण आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचनमा जान लागेको बताए । देश, जनता, लोकतन्त्र, स्थिरता र सत्यका पक्षमा कलम चलाउन पनि प्रधानमन्त्रीले पत्रकारहरु संग आग्रह गरे ।