Birat Post बिहिबार, माघ ०८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ८ माघ ।
विराटनगर महानगरले तीन वर्षदेखि नजरबन्दी जीवन विताइरहेकी एक बालिकाको उद्दार गरेको छ । विराटनगर १४ वाट ती बालिकाको उद्दार गरिएको हो । १२ वर्षको उमेरदेखि लागेको अज्ञात रोगका कारण ती बालिकाले कठिन जीवन बिताउदै आइकी थिइन् । हिडडुल गर्न समेत गर्न नसक्ने भएर थलिएकी उनलाई खुल्ला आकाश मुनी सामान्य बारबेर गरिएको एउटा कोठामा राखिएको थियो ।

चरम गरिबी र बुझ्ने मानिस घरमा नभएका कारण बालिकाको अवस्था थप जटिल बन्दै गएको थियो । बालिकाको बाबु नभएको र आमा समेत बौद्धिक अपाङता भएका कारण ती बालिकाले नारकीय जीवन विताइरहेकी थिइन् । बिहिबार विराटनगर महानगरका सामाजिक विकास शाखा प्रमुख सरोज गौतम सहितको टोलीले बालिकाको उद्दार गरेको हो ।

उद्दार गरिएकी बालिकाको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको प्रमुख गौतमले जानकारी दिए । महिला हिंसामा परेकाहरुको उपचार एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) मार्फत ती बालिकाको रेखदेख ,उपचार र संरक्षण गरिने भएको छ ।

सम्बन्धित

ताजा अपडेट
विपिनको रिहाइका लागि परराष्ट्रमन्त्रीले गरिन् इरानका विदेशमन्त्रीसँग फोनवार्ता
सुनसरीको बर्जुमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
चितवनमा रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न आदेश

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल