Birat Post शनिबार, माघ १०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, १० माघ ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई नेपाली काङ्ग्रेसले असंवैधानिक भनिसकेकोले यसका विषयमा थप टिप्पणी गरिराख्नु नपर्ने बताएका छन् । नेता पौडेलले राजनीतिक दलका नेताले स्वार्थ भन्दा माथि उठेर देश विकासमा लाग्नु पर्ने सुझाव समेत दिएका छन् । नेकपाका नेताहरुको घर झगडालाइ आधार बनाए संसद विघटन गर्नु न्याय सम्मत नभएको पौडेलले बताए ।
दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोदै पौडेलले नेकपालाई पाँच वर्ष सरकार चलाउ भनेर दिएको जनमतको समेत अपमान गर्दै ओलीले संसद विघटन र निर्वाचनमा जाने निर्णय गर्दा मुलुकमा भ्रष्टाचार र गरिबी बढ्ने तर्क गरे ।
देश अहिले गम्भीर राजनैतिक संकटवाट गुज्री रहेको भन्दै पौडेलले संसद पुनःस्र्थापना हुनु पर्ने कुरामा सवैले प्रयास गर्नुपर्ने बताए ।

यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालले प्रतिनिधि सभा विघटनले गर्दा मुलुकमा अन्यौलता छाएको भन्दै संविधान र लोकतन्त्र रक्षाका लागि संघर्ष गर्नु पर्ने विचार व्यक्त गरे । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यद्वय गुरुराज घिमिरे र डा. डीला सङ्ग्रौलाले राजनीतिक विधि र पद्धति अनुसार चल्नु पर्ने बताए । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य महेश रेग्मीले वर्तमान सरकारको लक्ष्य गलत भएकाले राजनीतिक दल र जनता सडकमा आउनु परेको बताए । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले साहित्य र स्रष्टा देशका गहना भएकोले यसको सम्मान गर्नु पर्ने बताए । कार्यक्रममा प्रजातान्त्रिक विचार समाजका अध्यक्ष केदारनरसिंह केसी र देशान्तरका सम्पादक कवीर राणाले साहित्यले समाजलाई नयाँ गति दिने भएकोले यसलाई सम्मान गर्नु पर्नेमा जोड दिए । पुरस्कृत व्यक्तित्वहरु वरिष्ठ पत्रकार हरिहर विरही र कवि विष्णुविभु घिमिरेले साहित्य समाजका ऐना भएकोले यसको माध्यमबाट समाजमा नयाँ आयाम थपिने धारणा राखे ।
कार्यक्रममा दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष प्रदान गर्ने रु ५१ हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार–२०७७’ बाट कवि एवं गीतकार एसपी कोइराला(शङ्कर कोइराला) र सोही पुरस्कार २०७६ बाट वरिष्ठ कवि विष्णुविभु घिमिरेलाई प्रदान गरिएको छ । ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार– २०७७’ रु.२५ हजार राशिको पुरस्कार वरिष्ठ पत्रकार हरिहर विरही र गएको वर्ष सोही पुरस्कार वरिष्ठ पत्रकार मोहन भण्डारीलाई प्रदान गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल