Birat Post आइतबार, माघ ११, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, ११ माघ ।
प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष अख्तियार दुरुपयोग आयोगको ३० औं बार्षिक प्रतिवेदन हस्तान्तरण गरिएको छ ।
प्रदेश प्रमुख अधिकारी समक्ष नेपालको संविधानको धारा २९४ को उपधारा (३) वमोजिम आयोगको आव २०७६/७७ को बार्षिक प्रतिवेदन आयोगका इटहरी प्रदेश कार्यालयका प्रमुख प्रकाश पौडेलले आइतबार हस्तान्तरण गरेका छन् ।

उक्त अवसरमा प्रदेश प्रमुख अधिकारीले मुलुकलाई अनुशासित कायम गर्न आयोगको भूमिका प्रशंसनीय रहेको रहेको र अझै बास्तविक धरातलमा टेकेर अनुसन्धानलाई अगाडी बढाउनुपर्नेमा जोड दिए । उनले आयोग मुलुकको भ्रष्टाचार नियन्त्रणमा निगरानी गर्ने संस्था भएकोले बिश्वसनियता कायम गर्न आग्रह गरे ।

आयोगका इटहरी प्रमुख प्रकाश पौडेलले स्थानीय विकास निर्माणमा अख्तियार दुरुपयोगको उजुरी अधिकांश आउने गरेको जानकारी दिदै बैकिङ्ग प्रणाली नभएको स्थानमा सरकारी रकमको दुरुपयोग हुने गरेको बताए । आयोगमा आव ०७६/७७ मा दर्ता भएका १०१७ उजुरी मध्ये सवैभन्दा वढी सुनसरी जिल्लाको २३६ रहेको छ भने समग्र रुपमा उजुरी फछर्यौट ४४ दशमलव ३ प्रतिशत रहेको तथ्याङकमा उल्लेख गरिएको छ । यसैगरी क्षेत्रगत निकाय अन्तर्गत सवैभन्दा वढी सङ्घीय मामिला(स्थानीय तह समेत)मा ३० दशमलव ०७ प्रतिशत उजुरी दर्ता भएको छ ।

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल