Birat Post शुक्रबार, माघ १६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

माघ १६ विराटनगर /
विराटनगर –४ मा रहेको तारिणीप्रसाद कोइराला स्मृति संचारग्राममा संगीत प्रशिक्षण प्रारम्भ भएको छ । शुक्रबार एक कार्यक्रमका बीच ९ औं संगीत प्रशिक्षण कार्यक्रमको विराटनगर महानगरका मेयर भीम पराजुली र संचार तथा सूचना प्रविधि मंत्रालयका सचिव हरिप्रसाद वस्यालले शुुभारम्भ गरेका थिए । कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुुख भीम पराजुुलीले सञ्चारग्राम परियोजनालाई दिगो वनाउन सरकारले वार्षिक रुपमा वजेटको व्यवस्थापन गर्नुुपर्नेमा जोड दिए ।

महानगरपाकिला र रेडियो नेपालको सहकार्यमा स्थापना भएको संचारग्राम व्यवस्थापनमा महानगरापलिकाको निरन्तर सहयोग रहने भन्दै पराजुलीले संचारग्रामलाई देशकै नमुुना संचार ग्राम वनाउने बताए । यस्तै संचार तथा सूचना प्रविधि मंत्रालयका सचिव हरिप्रसाद वस्यालले तारिणी प्रसाद कोइराला स्मृति संचारग्रामको विकास एंव व्यवस्थापनमा सक्दो सहयोग गर्ने बताएका छन् ।

उनले संचारग्रामको स्थपनाका लागी विराटनगर महानगरपालिकाले जग्गा उपलव्ध गराएकोमा महानगरपालिकालाई धन्यवाद दिए । पत्रकारिता र कला , सस्कृति तथा संगीत क्षेत्रको थलोको रुपमा रहेको संचारग्रामलाई प्रशिक्षण केन्द्रको रुपमा विकासगर्दै जानुुपर्नेमा जोड दिए ।रेडियो नेपालका कार्यकारी निर्देशक वुुद्धिवहादुुर केसीले संचारग्रामको उदेश्यलाई मुुर्त रुप दिन रेडियो नेपालले संगीत प्रशिक्षण कार्यक्रम शुुरु गरेको बताए ।

कार्यक्रमममा रेडियो नेपाल संचालक समिति सदस्य टिकाप्रसाद भण्डारीले पत्रकारिता तथाा गीत संगितको विकासमा संचाारग्राम उपयोगी हुुने वताए । कार्यक्रममा रेडियो प्रसारण केन्द्र धरानका प्रमुुख सुुरेशप्रसाद वास्तोला , विराटनगर महानगरपालिका वार्ड न. ४ का वडाध्यक्ष देवेन्द्रराज पोखरेल, रेडियो नेपालका मुुख्य कार्यक्रम अधिकृत गोकर्ण रेग्मी लगायतको सहभागिता रहेको थियो ।

सहभागीहरुलाई रेडियो नेपालका कार्यक्रम महासाखा प्रमुुख टिकाप्रसाद भण्डारी, संगीत प्रमुुख मनराज नकर्मी, गायन प्रशिक्षक हरिशंकर चौधरी,वरिष्ठ गितकार वादक दिपक सुुनाम, वासुुरी प्रशिक्षक निरन्जन भण्डारी तथा एकराज श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
राहत एवम् पुनः निर्माण कोष निर्माण गर्न माओवादी कोशी प्रदेशको माग
यस वर्षको मनसुन बाहिरिदै,दसैँ घमाइलो हुने सम्भावना
आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल