Birat Post आइतबार, माघ १८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

मोरङ १८ माघ ।

मोरङको केराबारी ,लेटाङका जनतालाई स्वच्छ खानेपानि खुवाउने लक्ष्यका साथ शुरु भएको जलकन्या खानेपानि आयोजनामा भ्रष्टाचार भएको खुलेको छ । दीर्घकालीन योजनाका रुपमा शुरु भएको उक्त खानेपानीको उपभोक्ता समितिका अध्यक्ष,कोषाध्यक्ष र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मोरङको मिलेमतोमा भ्रष्टाचार भएको हो ।

२०७५ सालबाट शुरु गरिएको जलकन्या खानेपानीको वितरण र व्यवस्थापनका लागि पहिलो पटक २५ लाख र दोस्रो किस्ताका रुपमा २३ लाख गरी जम्मा ४८ लाख निकासा भइसकेको छ । जसमध्ये १३ लाख ५८ हजार,६ सय ७१ रुपैया हिनामिना भएको लेखा समितिका एक सदस्यले जानकारी दिए । कोलबोटे खोलामा मुख्य ट्याकीं बनाइएको यस खानेपानी आयोजना बाट केराबारी,लेटाङका बिराजे,भालुगैडे,बेलचौरी सम्मका झण्डै ३ सय घरपरिवार लाभान्वित हुने छन् । तर उपभोक्ता समितिका अध्यक्ष विलबहादुर राइ र लक्ष्मीप्रसाद चम्लागाइले यस आयोजना पूर्ण नहुदै भ्रष्टचारमा लिप्त भएका छन् ।

खानेपानी जस्तो काममा समेत यतिको रकम हिनामिना भएको खुलासा भए संगै त्यस स्थानका स्थानिय जनताहरु आक्रोसित बनेका छन् । स्थानिय जनताको लामो संघर्ष पछि यो आयोजना आएको थियो । लामो समय पछि स्वच्छ खानेपानी पिउने आशमा रहेका स्थानियहरु निरास देखिएका छन् ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल