Birat Post मंगलबार, माघ २०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको जिल्ला अध्यक्ष र सोही संगठनको केन्द्रीय सदस्य भए संगै राजनीतिमा होमिएका बल्लभ दाहाल एउटा बौद्धिक व्यक्तित्वका रुपमा स्थापित छन् । वि.स. २०१४ सालमा मोरङमा जन्मिएका उनले त्रीभुवन विश्वविद्यालयवाट एम.ए गरेका छन् । शाहीसरकारका पालामा जिल्ला विकास समितिको सभापति २०६२ साल र जिल्ला अनुगमन समितिको संयोजक समेत भएर काम गरिसकेका छन् । ‘‘राप्रपा नेपाल’’ कमल थापाको नेतृत्वको पार्टीको मोरङ जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य भइसकेका दाहाल पार्टीका अध्यक्ष कमल थापाले बर्तमान संविधानलाई स्विकार्दै पार्टीको भावना विपरित गएका कारण पार्टी परित्याग गरि बसेको बताउछन् । बिद्यार्थीकाल देखिनै नैतिकता,धार्मिकता र राजसंस्थालाई आदर्श मानेर राजनीति गरिरहेको बताउने दाहाल अहिले बिद्वत परिषदको पूर्वाञ्चल संयोजक रहेका छन् । बेला बेलामा हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा विराटगरमा सभा,जुलुस र ¥याली गरेर चर्चामा रहेका दाहाल संग विराटपोष्ट डट.कमकी प्रतिनिधि रोशिका अधिकारीले गरेको कुराकानी :

हिन्दु राष्ट्र र राजसंस्था पुनस्थापनाको आन्दोलन गरेर अहिले  तपाई चर्चित हुनुहुन्छ, हिन्दु राष्ट्र र राजसंस्थाको माग कहाँ पुग्यो ?

यी माग यथावत छन् । हामीले पटक-पटक सरकारलाई झकझकाउने काम गरिरहेका छौ । यो कुनै एक व्यक्तिको एजेन्डामा अव सिमित भएन । यो सवै राष्ट्रवादी नेपालीको माग भएर आइसकेको छ । यसका पक्षमा जनमाहोल बनेको छ । दलहरुका गतिविधि प्रति चित्त बुझाउने ठाँउ कमजोर बनिसकेका छन् । देशमा एउटा अडिग रहने शक्ति चाहिने रहेछ भनेर सवैलाई अनुभुति भइरहेको छ । हरेक मागहरुको एउटा समय हुन्छ । त्यो समय आइसकेको छ । नेपाली जनताले घर-घरमा ,टोल-टोलमा बोल्न थालिसकेका छन् । यो जन जनको चाहाना भएकाले हिन्दु राष्ट्र र राजसंस्था अव चाढै आउछ त्यसमा ढुक्क हुनुहोस् ।

हिन्दु राष्ट्र र राजसंस्था चाही किन आवश्यक छ त ? नेपालका दलहरुले मान्लान् र ?

नेपालका दलका कारण ,नेपालीको चाहाना अनुसार यी दुवै कुरा गुमेका हैनन् । यसमा ख्याल गर्नु पर्ने कुरा छ । यहाँ धेरै बिदेशी र पश्चिमा राष्ट्रहरुको चलखेल भयो । यस भुमिलाई रणमैदान बनाउने र प्रयोशालाका रुपमा अगाडी बढाउने योजना थियो । त्यो शक्ति अहिले केही हच्केको अवस्था छ । कारण नेपाली जनताले हिन्दु राष्ट्र र राजसंस्थाका वारेमा बुझ्ने मौका पाए । दलहरुको रवैया बुझ्ने मौका पाए । अव धेरै पानि बगिसकेको छ । नेपालीहरुले बिदेशी खेल र नेताका लिडरहरु कसरी बाचिरहेका छन् भन्ने बुझे भने कार्यकर्ताले पनि आफ्ना नेताको नाडी छामिसके । हिन्दु राष्ट्र सहितको राजसंस्था भए मात्रै नेपाल र नेपालीको अस्थित्व बाच्न सक्छ । संस्कृति,सम्पदा,धर्म,मुल्यमान्यताको संरक्षणनै यी संस्थावाट हुन्छ । अहिले हेर्नु त ,दलका नेताहरुको भाषण । शिष्टता,सभ्यता सम्मान केही छैन । कसैले- कसैलाई आदर गरेको देखिदैन । यसकारण पनि राजसंस्था चाहिन्छ ।

राजसंस्थाले चाहि के गर्छ र यसलाई पुनस्र्थापना गर्नु पर्ने ?

राजा र देश एक अर्काका पुरक हुन् । राजालाई, राजा हुनकै लागि र आफ्ना सन्ततिका लागि समेत देश बेच्न सक्दैनन् । देशमाथी घात गर्न पनि सक्दैनन् । हामी नेता,दलहरुभन्दा राजालार्ई १ हजारगुना माया यो देशको छ । देश नै नरहे राजा रहने कुरा आउदैन । उनका सन्ततीले शाषन गर्ने कुरा आउदैन । नेपाली जनतालाई राजाले न्याय गरेका थिए ,गर्छन् । यो जीवन्त र सत्य इतिहास हो । अरु देशमा जस्तो सोझै राजाको जन्म भएको हैन । नेपाल एकिकरण कर्ताका सन्तान हुन्, नेपालका राजा । यो त नेपाली जनताले बुझेनी अव । अनी त माहोल राजसंस्था र हिन्दुराष्ट्रका पक्षमा बन्यो । यसैले हामिले भनेका छौ ‘‘राजसंस्था विना नेपालीले शान्त संग बाच्न सक्दैनन् पाउदैनन् ।’’

त्यसो भए हिन्दु राष्ट्र र राजा कसले हटाएको जस्तो लाग्छ ?

बिदेशी शक्तिहरुको चहलपहल बढेको छ । वि.स.२०४७ साल देखि देशमा कुनै न कुनै बहानामा राजनैतिक स्थिरता छैन । अशिक्षित जनतालाई द्धन्द्धको भेलमा पारेर केही मानिसहरुले फाइदा लुटिरहेका छन् । मताधिकारको अधिकार समेत दुरुपयोग गराइरहेका छन् । ठूँला भनिएको क्रान्तिका नाममा जनता ठगिएका छन् । वर्तमान कालखण्डमा भारत र चीनको आर्थिक शक्तिकारुपमा अगाडी बढिरहदा नेपाल झन बिदेशीको निशानामा परेको सत्य हो । हिजो पनि वी.पीले मेलमिलापको नीति लिएर आउनु भएकै हो । त्यसको जगमा रहुन्जेल देशमा केही राम्रो भएको थियो । यसकारण देशमा अनेकन तत्व हावी भइरहेको छ । हामी सचेत भयौ र राष्ट्रिय मेलमिलाप गरेर सवै एकठाउँमा भयौ भने देश पनि समृद्ध बन्छ ।

बेला बेलामा जनमत संग्रहको कुरा पनि उठ्छ, यसो भयो भने तपाईहरु मान्नुहुन्छ ?

नेपालमा अहिले निषेधको राजनीति छ । व्यक्ति फाइदाको राजनीतिले देशलाई ठूलो बर्बादीमा धेकेलिसकेको छ । यद्यपी यस्ता कुराहरु आइरहेका छन् । जुन जनमत संग्रहको विषय छ । हिजो यी दलहरुले जनमत संग्रह गरेर राजसंस्था गएको पनि हैन साथै हिन्दुराष्ट्र पनि गएको हैन । यसकारण हामी जनमत संग्रहको पक्षमा छैनौ । यो बिशुद्ध राजनैतिक विषय भएकाले सोही अनुरुप संवोधन हुनुपर्दछ । राजा संग भएको सहमती कार्यान्वयनमा ल्याउनु पर्दछ भन्ने हाम्रो माग हो । यदी त्यसो भएन भने उपयुक्त समयमा आन्दोलनको आधिवेहरी ल्याउछौ । क्षणिक आवेगमा आएर गरेका निर्णले हामी दुःख पाइरहेका छौ । फेरी जनमत संग्रहको कुरा गर्ने हो भने यसले देशमा राजनैति अस्थीरता र संवैधानिक तथा कानूनी जटिलता थपिने छ । हिजो वी.पी कोइरालाले स्विाकार गरेको जनमत संग्रह हिजो आज र भोलीका लागी समेत अनिवार्य छ । निषेधको राजनीतिले थप जटिलता निम्ताउछ । जुन हामी भोगी रहेका छौ । निषेधको राजनितिकै कारण संविधान संकटमा फसेको छ । जुन संविधानको आयु लामो छैन कारण के भन्दा निषेधको राजनीति नै मुख्य हो ।

वर्तमान सरकारको बारेमा केही भन्नु हुन्छकी ,यसका कार्यहरु ठिक छ या छैन ?

सोझै भन्नु पर्दा संविधान अनुपयुक्त भएका कारण सरकार ढलमलमा परेको छ । के गर्ने भन्ने कुरा कसैलाई थाहाँ छैन । जनताको भावना यो संविधानले संवोधन गर्न सक्दैन । यही संविधानलाई आधार मानेर काम गर्न गाह्रो छ । चाहे प्रचण्ड,शेरबहादुर कुनै हुन् । ओलीकै नियती अरुले झन भोग्नु पर्दछ । त्यो समयले देखाउछ । यसर्थ जनता सचेत बन्ने समय आएको छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल