काठमाडौँ २० माघ ।
देश ‘बन्धक’ बन्ने अवस्थाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले जोगाएको महान्यायाधीवक्ता अग्नि खरेलले जिकिर गरेका छन् । प्रतिनिधिसभा विघटन गरेर ओलीले देशवासीमाथी न्याय गरेको बताए । प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटमाथि सर्वोच्चको संवैधानिक इजलाशमा भइरहेको सुनुवाईको क्रममा मंगलबार आफ्नो प्रतिरक्षा बहसलाई निरन्तरता दिँदै महान्यायाधीवक्ता खरेलले यस्तो बताएका हुन् ।
उनले संसदीय व्यवस्थामा प्रधानमन्त्रीमा संसद विघटनको अधिकार हुने दाबा प्रस्तुत गरेका छन् । शक्ति सन्तुलनका लागि प्रधानमन्त्रीको स्वभाविक अधिकार रहने भन्दै खरेलले प्रधानमन्त्रीलाई बन्धक बनाउने प्रयास भएकाले संसद विघटन गर्नु परेको बताए । सर्वोच्चले एथार्थ धरातलमा रहेर निष्कर्षमा पुग्ने र यसमा आफु बिश्वस्त भएको बताए ।