काठमान्डौ २२ माघ ।
गैह्र कानुनी काममा संलग्न बाहेक सवै आन्दोलनकारी छुट्ने भएका छन् । नेकपाको प्रचण्ड-माधव समूहले बिहीबार गरेको आम हडताल क्रममा प्रहरीले देशभरबाट १ सय ८८ जनालाई नियन्त्रणमा लिएको छ । जसमा केही आन्दोलनकारीहरु गैह्रकानुनी काममा संम्लग्न देखिएको बताइएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार आम हडतालमा निस्किएका मध्ये देशभरबाट १ सय ८८ जनालाई पक्राउ गरिएको र गैह्र कानुनी काममा संलग्नलाई बाहेक अरूलाई छाड्न थालिएको जानकारी दिए । बिहीबारको आम हडतालका क्रममा बन्दकर्ताले देशभर ३२ वटा सवारी साधनमा क्षति पुर्याएका छन् । त्यसमध्ये तीन सवारी साधन सरकारी छन् भने अन्य सार्वजनिक सवारी साधन हुन । यस्तै एक ट्याक्सीमा आगजनीसमेत भएको छ ।