Birat Post शनिबार, फाल्गुण ०१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १ फाल्गुन ।

जनता समाजवादी पार्टी मोरङमा समायोजन प्रक्रियालाई लिएर विवाद देखिएको छ। तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)ले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै तत्कालिन समाजवादी पार्टीका नेताले एकपक्षीय ढंगबाट समायोजना प्रक्रिया टुंग्याएको आरोप लगाएको छ। पत्रकार सम्मेलनका क्रममा तत्कालिन राजपाका केन्द्रीय सदस्य एवं समायोजन कार्यदल सदस्य रामलाल सुतिहारले जिल्लाको समायोजन प्रक्रियाबारे अन्तिम दिन २८ गते राजपाका सदस्यलाई विना जानकारी निर्णय गराइएको अरोप लगाए। दुवै पार्टीका समान चारजना सदस्यसहितको जिल्ला समायोजन कार्यदलको माघ २३, २४, २६ र २७ गते बैठक बसेको भएपनि निर्णयमा नपुगेको सुतिहारको भनाइ छ।

पत्रकार सम्मेलनका क्रममा तत्कालिन राजपाका जिल्ला अध्यक्ष मोहम्मद कादिरले पार्टीको जिल्ला समायोजन प्रक्रिया टुंगो नलागेको बताए । उनले गलत प्रक्रियाबाट अध्यक्ष चयन भएको आरेप लगाए । वैशाख १० गते मध्यरातमा राजपा र जसपाबीच भएको एकीकरणले केन्द्रबाहेक अन्यत्र समायोजन प्रक्रिया पूरा गर्न नसकेको दाबी कादिरको छ । जसपाका तर्फबाट कार्यदलमा रहेका जयराम यादवले जिल्लाको मतभारको हिसाबमा पदीय भागवण्डा गरिएको जानकारी दाबी गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
एलन मस्कलाई छोराले हिर्काए, दाहिने आँखा माथीको भागमा देखियो कालो धब्बा
किराँत याक्खा छुम्मा महानगर अध्यक्षमा प्रेम देवान
राजसंस्था पक्षधरको सडकमा तीन दिनः दबाब बढाउदै नेताहरू

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल