Birat Post सोमबार, फाल्गुण ०३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ३ फाल्गुन ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले प्रतिनिधिसभा विघटनको मुद्दा सर्वाेच्च अदालत संगै जनताको अदालतमा समेत विचाराधीन रहेको बताएका छन् ।
नेपाली कांग्रेस माेरङ्गद्वारा विराटनगरमा आयाेजित बृहत् विराेध सभामा बाेल्दै आचार्यले प्रतिनिधिसभा विघटनको मुद्दा सर्वाेच्च अदालत संगै जनताको अदालतमा समेत रहेको बताए । संविधानकाे व्याख्याता सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्नेमा कांग्रेस विश्वस्त रहेको बताए ।
नेकपाकाे सरकारले घर झगडाका नाममा लाेकतन्त्र ,गणतन्त्र र जनताको अधिकारको उपाहास गरेकाे आराेप लगाए । अहिलेकाे जटिल राजनैतिक परिस्थितिकाे मतियार प्रचण्ड-नेपाल पनि भएको भन्दै केन्द्रीय सदस्य आचार्यले यसवाट कसैले मुक्ति नपाउने बताए ।
प्रधामन्त्री ओलिले संसद विघटन भन्दा अगाडि पनि लाेकतन्त्र ,जनताकाे आस्था र मानवअधिकारमाथी बहुमतिय दम्भ देखाएको स्मरण गर्दै नेता आचार्यले भने त्यसबेला प्रचण्ड र नेपालले प्रतिपंक्षिदलकाे कुरा नसुनेकाे बताए । याे देशमा कम्युनिष्ट वाहेक अरू बाच्न नसक्ने स्थिति सिर्जना गर्ने पक्षमा ओलि लागेकाे र यसका विरूद्ध आन्दोलन आवश्यक भएको बताए । गृहमन्त्रीले भनेजस्तो मांसहारी आन्दोलनमा कांग्रेस नजाने बताए । नेकपाका प्रचण्ड -नेपालकाे आन्दोलनमा हिंसाको गन्ध आएकाे भन्दै जनताको अदालतमा ,जनताकाे घरदैलोमा पुगेर शान्तिपूर्ण आन्दोलन गर्ने आचार्यले बताए ।  नेेेपाली  कांग्रेसका माेेेेरङ्ग जिल्ला सभापति डिगबहादुर लिम्बुकाे अध्यक्षतामा भएकाे कार्यक्रममा कांंग्रेस केन्द्रीय सदस्य अमृत अर्याल ,पवनसारडा  लगायतका बक्ताहरूले आ-आफ्ना धाारणा   राखेेका थिए ।

सम्बन्धित

ताजा अपडेट
एलन मस्कलाई छोराले हिर्काए, दाहिने आँखा माथीको भागमा देखियो कालो धब्बा
किराँत याक्खा छुम्मा महानगर अध्यक्षमा प्रेम देवान
राजसंस्था पक्षधरको सडकमा तीन दिनः दबाब बढाउदै नेताहरू

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल