फागुन, ११ काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनर्स्थापना भयो भने मुलुकमा थप राजनैतिक अस्थिरता सिर्जना हुने बताएका छन् । उनले संसद पुनर्स्थापना भइहाले प्रचण्ड र माधव नेपाललाई गाह्रो पर्ने बताए । मंगलबार नेकपा ओली आवद्ध राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले संसद पुनर्स्थापना हुदाको परिणाम अदालतलाई पनि राम्रोसँग थाहा भएको बताए ।
प्रचण्ड–माधव नेपालले हुदाखादाको बहुमत भएको पार्टी फुटाएको र प्रधानमन्त्रीको खोजी गर्दै हिडेको आरोप लगाए । उनले तोकिएकै मितिमा चुनाव हुने र भ्रम छर्दै हिड्नेका पछि नलाग्न समेत आग्रह गरे । कार्यकर्ताहरुलाई गलत बाटो जान नदिन र सक्षम नेतृत्व बनाउन समेत ओलीले युवा संघलाई आग्रह गरे ।