Birat Post शुक्रबार, फाल्गुण १४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १४ फाल्गुन ।
अहिले चर्चामा छ रहरको दाल । घटना र विषयबस्तु विराटनगरको भए पनि दालको परिणामलाई हेर्ने हो भने देशका विभिन्न स्थानमा यो दाल उपभोक्ताले प्रयोग गरिरहेका छन् । दाल कति थियो ,कति परिणाममा बिक्रि भइसकेको छ र कतिले घर-घरमा खाइरहेका छन् ? यो मुख्य प्रश्न हो ।

पाँच बर्षअघि म्याद सकिएको रहरको दालमा नयाँ लेबल राखेर बिक्रि गरेका विराटनगरका प्रतिष्ठित उद्योगी अविनास बोहाराको गोदाम केहिदिन अगाडी शील गरिएको थियो । खयर उनले आफ्नो घर भए पनि गोदाममा राखिएको दाल आफ्नो नभएको बताउदै आएका छन् । छदम नाम राखेर कारोबार गर्न मायुर बोहराले जे भने पनि नियामक निकाय बोहोराले बदमासी गरेकोमा प्रष्ट देखिन्छ ।

जानकार भन्छन् यो उपभोक्ताको मामलामा गम्भिर अपराध समेत हो । वाणिज्य कार्यालय विराटनगरको टोलीले झण्डै ४० हजार किलो दाल सहित उद्योगी बोहराको घरमा रहेको गोदाम सिल गरेको थियो । यो घटना बाहिर आए संगै उपभोक्तावादी संगठन पब्लिक फोरमले सन् २०१३ मा प्याकेजिङ गरी सन् २०१५ मा म्याद सकिएको दालको प्याकमा नयाँ म्याद राखिएको घटनालाई सामान्यरुपमा लिन नहुने बताएको छ ।

पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङेलले बजारमा गएको दाल समेत अनुगमनको दायरमा ल्याउनुपर्ने बताएका छन् । यसखाले काम अन्य ठाउँमा पनि हुन सक्ने र अनुगमनलाई तिब्र बनाउनुपर्ने बताए । यो घटना प्रतिनिधिपात्रकारुपमा आएको र अन्य खाद्य गोदामहरु समेत छापा मार्नुपर्ने बताए ।

सम्बन्धित

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल