काठमाडौँ २० फाल्गुन ।
सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा बिच तीन बुँदे सहमति भएको छ । समहमति पत्रमा दुवै पक्षले हस्ताक्षर समेत गरेका छन् ।
बिहीबार बिहान भएको वार्तापछि विप्लव नेकपाले राजनीतिक गतिविधि शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ साथै मुद्दा खारेजी लगायतका विषयमा सहमति भएको छ ।
सहमतिको विस्तृत विवरण फाल्गुन २१ गते बिहिबार एक समारोहका बीच गरिने बताइएको छ । उक्त समारोहको संवोधन प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले गर्ने समेत बताइएको छ ।