Birat Post शुक्रबार, फाल्गुण २१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं २१ फाल्गुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब हिंसात्मक आन्दोलनको अन्त्य भएको बताएका छन् । शुक्रबार काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा सरकार र विप्लव समूहबीचको हस्ताक्षर समारोहमा सम्बोधन गर्दै उनले सहमतिपछि नेपाल हिंसात्मक द्वन्द्वमा नरहेको बताएका हुन् ।ओलीले गत वर्ष पृथकतावादी गतिविधि गर्दै आएका सीके राउतलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याएको स्मरण गर्दै भने जनताले शान्ति खोजेको भन्दै जनताको सो आकाक्षा पुरा भएको पनि बताए ।उनले यो विप्लवको आन्दोलन फोर्स ल्यान्डिङ नभएर सेफ ल्याण्डिङ भएको पनि बताए ।

यस्तै नेपाल कम्युनिस्ट पार्टीका महासचिब नेत्र विक्रम चन्द विप्लवले सरकार र आफ्नो समूहविच भएको तीन बुँदे सहमति इमान्दारिताका साथ पालना गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सरकार र नेकपा विप्लव समूहविच भएको वार्ताका क्रममा भएको सहमतिपत्रमा हस्ताक्षर गर्ने समारोहमा सम्बोधन गर्दै उनले शहिदहरुको सपना र आकाक्षा पूरा गर्न र जनताको समृद्धिको चाहना अब खुल्ला राजनीतिबाट पूरा गर्ने बताए ।

सम्बन्धित

ताजा अपडेट
न्यायाधीशमाथि मोसो छ्यापेपछिको वीरगञ्ज इजलास : सुरक्षा व्यवस्थामा कडाइ, १४ वटै ‘पिएसओ’ फेरिए
माधव नेपालको सांसद पद निलम्बन भएको सभामुख घिमिरेद्वारा सदनलाई जानकारी
आज यी प्रदेशहरूमा धेरै वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल