काठमाडौँ २४ फाल्गुन ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले नेकपा खारेज गर्ने सर्वोच्च अदालतको निर्णय फैसलाको पुनरावलोकनमा जाने निष्कर्ष निकालेको छ। अदालतको फैसलालाई मान्ने बताउदै आएका प्रचण्ड,नेपाल अहिले भने पुनरावलोकनको झोला बोकेर सर्वोच्च जाने भएका हुन् । यता केपी शर्मा ओली पक्षले अदालतको निर्णयलाई सकारात्मक भन्दै नेकपा एमालेलाई सक्रिय बनाउने काममा लागेका छन् ।
कानुन व्यवसायीहरुसँगको परामर्शमा जुटेको प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले सर्वोच्चको फैसला पुनरावलोकनमा जानुको विकल्प नभएको निष्कर्ष निकालेको हो। यसै विषयमा निर्णय सदर गर्न दाहाल ,नेपाल पक्षले सोमबार दिउँसो तीन बजे पेरिसडाँडामा स्थायी कमिटी बैठक बोलाएका छन् । ले सोमबार दिउँसो तीन बजे पेरिसडाँडामा स्थायी कमिटी बैठक बोलाएका छन् ।