Birat Post सोमबार, फाल्गुण २४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २४ फाल्गुन ।
मेयरसाव केही गर्न सकिन्छ ? विराटनगर -१८ झटियायीवाट सोमाबार बिहान विराटनगर महानगरका मेयर भीम पराजुलीलाई फोन आयो । पराजुलीले प्रतिप्रश्न गर्दै भने के छ त्यस्तो ? एक परिवारको विल्लिबाठ भयो । बाबु मरेर गए ,काजक्रिया गर्न सकेको छैन र घरमा एक जना मात्र बालक छन् । उनका कोही आफन्त पनि छैनन् ,केही गर्न सकिन्छ मेयर साव ? यस्तो फोन आएको केही समय नबित्दिै मेयर पराजुली झटियायी मुसहरी टोलमा पुगे ।

स्थानीय राजु ऋृषिदेवको मृत्यु भएको १२ दिन भइसकेको रहेछ । उनकी श्रीमती केही बर्ष अगाडी हराएकी रहिछन् । उनका नाबालक १४ वर्षिय छोरा चरम आर्थिक अभावका कारण अत्यन्त कष्टकर जीवन विताउन बाद्य भएका रहेछन् । मेयरलाई उनले रुदै भने बुबाको काजक्रिया गर्न सकिन,खाने कुरा पनि छैन । बुबाको उपचार गर्न नपाएका कारण मृत्यु भएको रुदै फेहरिस्त सुनाए । त्यहाँ पुगेकाहरु सवैको आखा रसाए । दयनिय अबस्थाबाट गुज्रिएका ऋषिदेवलाई मेयर पराजुलीले काजक्रियामा लाग्ने सवै खर्च र व्यवस्था मिलाइदिने बताए ।

उनले तत्काल धार्मिक सामाग्री,चामल,तेल,चिनि लगायतका आबश्यक सामाग्री मगाए । दानदक्षिना र अन्य कामका लागि ४ हजार रुपैया पनि प्रदान गरे । मेयर पराजुलीको यो कामको स्थानियले खुलेर प्रसंशा गरे । भने पुन्यको काम भयो । पराजुलीले यतिमात्र गरेन् । उनले १३ दिने कर्म संगै बच्चाको अभिभावकत्व ग्रहण गर्ने ,शिक्षा दिने र आश्रमको व्यवस्था मिलाउने घोषणा गरे ।

 

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल