Birat Post मंगलबार, फाल्गुण २५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २५ फाल्गुन ।

शिसु सेवा समिति विराटनगरले विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने चार जनालाई सोमबार विराटनगरमा सम्मान गरेको छ । शिसु सेवा समितिको ३७ औं बार्षिकोत्सवको अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा कान्तिपुरकर्मी तथा पत्रकार महासंघ मोरङकी उपाध्यक्ष सुशीला पाठकलाई शिसु सेवा पत्रकारीता पुरस्कारबाट सम्मान गरेको हो ।

राष्ट्रिय बाल साहित्य पुरस्कारबाट साहित्यकार प्रमोद प्रधान, शान्ता उत्कृष्ठ बाल प्रतिभा पुरस्कारबाट बाल कलाकार प्रितम आचार्य सम्मानित भएका छन् । यस्तै तिर्थ स्मृत्ती रानु संगित पुरस्कारबाट संगितज्ञ सुधिर शाही सम्मानित भए । कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्कीले माला, सम्मानपत्र र नगद राशीले सम्मान गरीन् ।

पुरस्कारको राशी जनही ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । विराटनगरमा बालबालिकाको शिक्षा, स्वास्थ्यलगायतको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको शिसु सेवा समितिले आफ्नो बार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ ।

यस्तै नेपाल निजामती कर्मचारी संगठन मोरङले पनि विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गरेको छ । सोमबार विराटनगरमा आयोजित सम्मान कार्यक्रममा पत्रकारिता क्षेत्रमा योगदना गरेबापत पत्रकार शुसिला पाठक, स्वास्थ्य क्षेत्र बाट मेनुका भण्डारी सम्मानित भए ।

यस्तै सामाजिक तथा शैक्षिक क्षेत्रबाट रीता न्यौपाने, राजनीतिक क्षेत्रबाट उषा झा र हिंसामा परेका महिलाको पुनस्थापनाका लागि महत्वपूर्ण योगदान पु¥याए बापत विष्णु शर्मा पन्तलाई सम्मान गरेको छ । कार्यक्रममा सम्मानित हुनेहरूलाई आन्तरिक मामिला तथा कानुन र सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले सम्मानपत्रले सम्मान गरे । यस्तै कर्मचारी संगठनमा विभिन्न जिम्मेवारी निर्वाह गर्नेहरू तथा पूर्व कर्मचारीहरूलाई पनि सम्मान गरिएको थियो ।

 

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल