Birat Post आइतबार, चैत्र ०१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं १ चैत्र ।

तत्कालिन नेकपाबाट मन्त्री बनेकाहरू नेकपा एमालेमै रहने भएका छन् । अदालतको पछिल्लो निर्णय संगै यथावत रहन पुगेको नेकपा (माओवादी केन्द्र )का ६ जनालाई पार्टीले स्पष्टीकरणका लागि दिएको २४ घण्टे म्यादलाई समेत अटेर गरेका छन् । पार्टीबाट मन्त्री बनेर प्रधानमन्त्री केपी ओलीका पक्षमा खुलेका ६ जनालाई माओवादी केन्द्रले शनिवार स्पष्टीकरण सोध्दै सरकारबाट फिर्ता हुन भनेको थियो । तर गृहमन्त्री रामबहादुर थापा, उद्योग मन्त्री लेखराज भट्ट, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणिचन्द्र थापा, सिँचाइ मन्त्री प्रभु साह, श्रम मन्त्री गौरीशङ्कर चौधरी र खेलकुद मन्त्री दावा लामाले पार्टीले दिएको २४ घण्टा समय भित्र स्पष्टीकरण दिएका छैनन् भने सरकारबाट समेत फिर्ता भएका छैनन् ।

यी मध्ये मन्त्री खानेपानी मन्त्री थापा र लामा सांसद होइनन् भने गृहमन्त्री थापा राष्ट्रियसभा सदस्य हुन् । अन्य मन्त्रीहरू प्रतिनिधि सभाका सांसद हुन् ।उनीहरूलाई दिएको समय भित्र जवाफ नपठाएपछि माओवादी केन्द्रको आइतबार बसेको केन्द्रीय समिति बैठकले कारबाही गर्ने तयारी गरेको हो । सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले कारबाही बारे बैठकमा छलफल भएको तर निर्णय भने नभइसकेको जानकारी दिए । बैठकमा सहभागी एक नेताका अनुसार उनीहरूलाई तत्काल पार्टीमा फिर्ता बोलाउने र नफर्किएमा साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने तयारी थालिएको छ ।

प्रधानमन्त्री ओलीले आफू अध्यक्ष रहेको एमालेमा माओवादी केन्द्रका २२ जना नेतालाई केन्द्रीय सदस्य मनोनीत गरेका छन् । उनीहरूमध्ये सङ्घीय संसद् र प्रदेशसभाका गरी १३ जना प्रत्यक्ष निर्वाचित सांसद एमालेको केन्द्रीय कमिटी सदस्यमा मनोनीत भएका छन् ।

सम्बन्धित

ताजा अपडेट
एलन मस्कलाई छोराले हिर्काए, दाहिने आँखा माथीको भागमा देखियो कालो धब्बा
किराँत याक्खा छुम्मा महानगर अध्यक्षमा प्रेम देवान
राजसंस्था पक्षधरको सडकमा तीन दिनः दबाब बढाउदै नेताहरू

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल