विराटनगर ५ चैत ।
नेपाली कांग्रेसका महामंत्री डा.शसांक कोइरालाले नेपाली काग्रेसले सरकारको नेतृत्व लिनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा बिहिबार संचारकर्मीसंग कुुरागर्दै महामन्त्री कोइरालाले राजनितिक स्थायीत्व लागी पनि कांग्रेसको नेतृत्व आवश्यक रहेको वताए । त्यसका लागी कांग्रेसले नेकपा माओवादी तथा समाजवादी पार्टीसंग दुुइचरणमा वार्ता गरेको बताए ।
उनले वर्तमान नेतृत्वको सरकारमा भने कांग्रेस सहभागी नहुुने वताए । निर्वाचनका लागी अझै दुुइवर्ष बाकि रहेकाले त्यस विचमा नयाँ सरकार बन्ने र त्यहि सरकारले निर्वाचन गराउने बताए । यस्तै कोइरालाले हप्ता दशदिन भित्रमा सरकार विरुद्ध अविश्वासको प्रस्ताव आउन सक्ने बताए ।