विराटनगर १३ चैत्र –
प्रदेश १ सरकारले शुक्रवार मन्त्रीमण्डल पुनर्गठन गरेको छ । मुख्यमन्त्री शेरधन राईले तेस्रो पटक मन्त्रीमण्डल पुनर्गठन गर्दै छ जना मन्त्री थप गरेका हुन् । भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ सोही मन्त्रालयको ‘फुल मन्त्री’ बनेका छन् ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा राम राना , माओवादी छाडेर एमालेमा आएका टङ्क आङ्बुहाङ आर्थिक मामिला तथा योजना मन्त्री, प्रदेश सांसद उषाकला राई सामाजिक विकास मन्त्री भएकी छन् । यस्तै उदयपुरकी सांसद कला घले कृषि राज्यमन्त्री र मोरङका राजकुमार ओझा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा शपथ लिएका छन् ।
शपथपछि प्रदेश १ सरकारको ६ वटै मन्त्रालयले ‘फुल मन्त्री’ पाएको छ । शपथपछि प्रदेश १ को मन्त्रिमण्डल ९ सदस्यीय भएको छ ।