Birat Post शुक्रबार, चैत्र १३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

मोरङ, १३ चैत्र ।

विराटनगर महानगरपालिका वडा नं १० निवासी मोहनकुमार रौनियारका ३० वर्षीय छोरा अमित रौनियार भारतको चलचित्र नगरी मुम्बईमा आफ्ना स्थान बनाउन थालेका छन् । दश वर्ष अघि भारतको नयाँ दिल्लीमा चाटर्ड एकाउन्ट पढ्न गएका युवा अमित कलाकारिता क्षेत्रमा अव्बल बन्दै गएका छन् । लगातारको मेहनतबाट उनी भारतको चलचित्रमा जम्न सफल भएका छन् ।

हिन्दी वेव सिरिज ‘ए दिल है मुस्किल’, दक्षिण भारतीय कन्नड भाषाकाको ‘रामाचारी टु पेन जिरो ’(रामायण कथामा आधारित) , हिन्दी चलचित्र मि. तेज, अर्को नाम घोषणा नभएको हिन्दी चलचित्र, हिन्दी भाषाको वेभ सिरिज लगायतमा अमित रौनियारले अभिनय गरिसकेका छन् ।
यसैगरी अमितले अभिनय गरेको ‘तेरा लव मेरा इश्क’ गीतको भिडियो भारतको प्रसिद्ध सङ्गीत कम्पनी टि सिरिजले चाँडै सार्वजनिक गर्न लागेको छ । रौनियारले सन् २०१३ मा मिस्टर एण्ड मिस दिल्लीमा बेस्ट फिजिक्स ,सन २०१७ मा मिस्टर उत्तराखण्डमा दोश्रो उपाधि हासिल गरेका छन् । इन्टरनेशनल फैसन शो बेस्ट मेल मोडलको उपाधि समेत ग्रहण गरेका अमित विराटनगर आउँदा उनका शुभचिन्तकहरुले भव्य स्वागत गरेका छन् ।

सम्बन्धित

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल