Birat Post बुधबार, चैत्र १८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

मोरङ,१८ चैत्र ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नगरपालिकाको संस्थागत आर्थिक अभिवृद्धि ,पूर्वाधार विकास र दीगोपनका लागि श्रोत व्यवस्थापनमा नगरविकास कोषको लगानी उपलव्धीमुलक रहेको धारणा ब्यक्त गरेका छन् । नगरपालिकाहरुले वैज्ञानिक मापदण्डको आधारमा आवधिक योजना तर्जुमा गरि कार्य गर्नु पर्ने मुख्यमन्त्री राइले बताए ।

नगर विकास कोषद्वारा बुधबार विराटनगरमा आयोजना गरेको ‘ऋण लगानीमा पूर्वाधार-समृद्ध नेपालको आधार ’ नाराका साथ नगरपालिका वित्त तथा क्षमता विकास प्रादेशिक कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मुख्यमन्त्री राइले यस्तो बताएका हुन् । उनले कृषि , पर्यटन , उद्योग, खेलकूद, सामाजिक र आर्थिक क्षेत्रमा गरेको कार्यका सम्बन्धमा समीक्षा गरि जनतालाई प्रष्ट जानकारी दिनु पर्नेमा जोड दिए । उनले सङ्घीय, प्रदेश र स्थानीय सरकारको एउटै लक्ष्य भएको र साझा अवधारणामा प्रदेशको विकासमा जुट्नुपर्ने बताए ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले १८ पालिका समेटेर ‘वृहत विराट क्षेत्र’ कार्यलाई आगाडि वढाएको जानकारी दिदै यसवाट समृद्ध शहर विकास हुनुका साथैका पर्यटन, खेलकूद क्षेत्रको उचाई वढाउन सहयोग पुग्ने विस्वास व्यक्त गरे । कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, नेपाल नगरपालिकाका सङ्घका अध्यक्ष एवं भक्तपुर नगरपालिका प्रमुख अशोककुमार व्यञ्जु श्रेष्ठ, कोष सञ्चालक समिति सदस्य एवं दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारी, कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा लगायतले आ आफ्ना धारणा ब्यक्त गरेका थिए ।

नगर विकास कोषले शहरी खानेपानी तथा सरसफाई आयोजना, मझौला शहर ,एकीकृत शहरी वातावरण सुधार आयोजना, सह लगानी(खानपानी) आयोजना, शहरी पूर्वाधार विकास आयोजना ,तेश्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजना, नगर विकास कार्यक्रम दोश्रो तेस्रो चरण र एकीकृत शहरी पूर्वाधार आयोजना लगायतका क्षेत्रमा कार्य गरिरहेको छ ।

कोषले आगामी चार वर्षका लागि रु २० अर्व लगानी गर्ने लक्ष्य राखेको समेत कार्यक्रममा जानकारी दिइयो । प्रदेश १ का स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी कार्यक्रममा नागरिक कोषको सहायतामा विकासका काम तिव्रगतिमा गर्न सकिने बिश्वास व्यक्त गरिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल