विराटनगर १७ बैशाख ।
विराटनगर महानगर सहित नगर संग जाेडिएका गाउँ पालिकाहरूमा शनिबार राती १२ वजेदेखि निषेधाज्ञा जारी हुने भएको छ । जिल्ला स्थित काेभिड क्राइसिस मेनेजमेन्टकाे शुक्रबार बसेकाे बैठकले एक हप्ता निषेधाज्ञा गर्ने निर्णय गरेको माेरङका प्रमुख जिल्ला अधिकारी काेषहरि निराैलाले जानकारी दिए । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मोरङले यस्तो निर्णय गरेको हाे । केेही समय यता विराटनगर महानगरका मेयर भीम पराजुलीले महानगरमा निषेधाज्ञा जारी गर्नु पर्ने धारणा व्यक्त गर्दै आएका थिए । यसै अनुरूप शुक्रबार जिल्ला प्रशासन कार्यालय माेरङमा बसेकाे वैठकले विराटनगर महानगर सहित यस संग जाेडिएका धनपालथान गाउँपालिका र कटहरि गाउँपालिकामा निषेधाज्ञा जारी गरेकाे विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिए ।