Birat Post शनिबार, जेठ ०१, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १ जेष्ठ ।

अस्पतालहरुमा बेड अभाव भइरहेका बेला विराटनगर महानगरले अस्पताल बराबरको आइसोलेशन  वार्ड निर्माण गरेको छ । विराटनगर महानगरका मेयर भीम पराजुलीको विशेष सक्रियतामा विराटनगर १ स्थित भट्टा चोकमा रहेको आर.आर.एनको सभाहलमा ५१ बेडको अत्याधुनिक आइसोलेशन वार्ड बनाइएको हो । मानिसहरुको जीवन रक्षा गर्ने उदेश्यका साथ स्वास्थ्यकर्मी सहित अक्सिजनको व्यवस्था गरिएको छ ।

यो सेवा भोली आइतबार बाट सूचारु गरिने मेयर पराजुलीले जानकारी दिनुभयो । मानिसको जीवन रक्षा गर्ने प्रमुख योजना सहित हरसम्भव प्रयासमा जुटिरहेको पराजुलीले बताउनु भयो । आइसोलेशनमा स्वास्थ्य कर्मीहरुद्धारा मनोपरामर्श समेत दिइने छ । यो कार्यमा आर एन एनका निर्देशक  अर्जुन कार्कीले सभाहल उपलब्ध गराएर सेवा प्रवाहमा योगदान गर्नुभएको छ । यस्तै एसोसेयसन अफ प्राइवेट हेल्थ इन्सिच्युट नेपाल (अफिन) र मारवाडी युवामञ्च विराटनगरले यसमा बिशेष सहयोग गर्ने भएका छन् ।

आइसोलेशन निर्माणले पूर्णता पाए संगै शनिबार मेयर पराजुली सहित ,मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला,विराटनगर महानगरका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेत,वडा नं.१ का वडाध्यक्ष उद्दव अर्याल ,स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की लगायतले अनुगमन समेत गर्नु भएको छ ।

फोटो फिचर

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल