Birat Post आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, ९ जेष्ठ ।
नेपाली कांग्रेस विराटनगर महानगर समितिले कोशी अस्पतालमा रहेका बिरामी र बिरामीका कुरुवाहरुलाई खाना ख्वाउने अभियान शुरु गरेको छ । कोरोना सक्रमणको जोखिम बढेसंगै बन्द भएका होटल र केही समय यता लागेको निषेधाज्ञाका बीच अस्पतालमा आउने बिरामी र बिरामीका कुरुवाहरुले समस्या भोग्दै आएका थिए ।

सामाजिक क्षेत्रमा समेत सक्रिय नेपाली कांग्रेस विराटनगर महानगर समितिले आइतबारबाट खाना खुवाउने अभियानको शुरुवात गरेको हो । निषेधाज्ञाको असहज समयमा उपचारमा रहेका र उनिहरुलाई रुग्न बसेकाहरुलाई खाना ख्वाइएको कांग्रेस नगरका कार्यबाहक सभापति अरुण न्यौपानेले बताए । हस्पिटलमा झण्डै १८० जना मानिसले भोजन गरेकाे न्याैपानेले जानकारी दिए । यसभन्दा अगाडीको कोरोना भाइरस संक्रमणका बेला नोबेल मेडिकल कलेजमा कांग्रेस नगरले महिनौ दिनसम्म खाना ख्वाएर सेवा गरेको थियो ।

खाना खुवाउने कार्यक्रममा कांग्रेस युवा नेता तथा विराटनगर महानगरका मेयर भीम पराजुलीले साथ दिएका छन् । उनले यो अभियानले निरन्तरता पाउने बताए । अस्पतालमा बिरामीको चाप र माग भए सम्म खाना खुवाइने बताए । अभियानमा कांग्रेस विराटनगर वडा नं. ५ का सभापति विमलराज भण्डारी, नगरका सचिव प्रकाश दाहाल, नगर सदस्य मुसरफ खान, निर्मल सुवेदी , विद्यार्थी युवा नेता त्रीभुषण गिरी,राजु तामाङ ,दिपेन्द्र रौनियार लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
एलन मस्कलाई छोराले हिर्काए, दाहिने आँखा माथीको भागमा देखियो कालो धब्बा
किराँत याक्खा छुम्मा महानगर अध्यक्षमा प्रेम देवान
राजसंस्था पक्षधरको सडकमा तीन दिनः दबाब बढाउदै नेताहरू

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल