✒️ सन्ताेष पाेख्रेल
काेभिड-१९ काे कारण विद्यार्थीले प्रत्यक्ष शिक्षण सिकाइ गर्न नपाइ रहेकाे अवस्था वाट कुनै पनि विद्यालय संचालक,शिक्षक,विद्यार्थी तथा अभिभावक सन्तुष्ट हुनुहुन्न।आफ्नाे खेती विग्रदा कुन किसान रमाउन सक्ला र ?? सरकारले अागामी जेष्ठ मसान्त सम्ममा शैक्षिकसत्र समाप्त गरि असारवाट नयाँ शैक्षिकसत्र प्रारम्भ गर्ने जनाइ सकेकाे छ । संघीय सरकारले अाधार प्रदान गरिसकेकाे सन्दर्भमा पनि केही स्थानीय निकायहरु वाहेकका कैयाै स्थानिय निकायहरुले २०७७सालकाे शैक्षिकसत्र समाप्ति मा गर्नु पर्ने कार्यहरुमा ध्यान दिन सकेकाे पाइदैन । अन्तराष्ट्रिय विद्यार्थी मुल्यांकन पद्धति ,देशभित्रै प्रयाेग भैसकेका अनुभवहरु अादिका अधारमा विद्यार्थी हरुकाे कक्षाेन्नति प्रकृयालाई स्थानीय निकायहरुले समेत टुंगोमा पुर्याउन सकेका छैनन । संघिय सरकारकाे मुखताकेर वस्ने र स्थानीय स्राेत र जनशक्ति परिचालन गरेर अाफ्ना अधिकारलाई प्रयाेग गर्न नसकेकाे कारण अाज अनिर्णयको अवस्था देखिदै अाएकाे छ । परीक्षाकाे सुचना निकालेर परीक्षा संचालन गर्न नसकेपछीकाे अवस्थामा विद्यार्थी हरु के गर्ने भनेर अन्याेलकाे परिस्थिति वाट गुज्रीरहेका छन। यस्ताे अवस्थामा समयमै एउटा निकास निकाल्नु पर्छ यदि त्यस्तो हुन सकेन भने विद्यार्थी हरुकाे मानसिकता मा गलत छाप पर्न सक्छ । उनिहरु तल्लाे कक्षामा पढ्ने कि माथिल्लो कक्षामा पढ्ने भनेर अन्याेलमा पर्छन । यस्ताे अवस्था अाउन नदिने निकायहरु मध्ये संघिय सरकार,स्थानीय सरकार र विद्यालय वढी जिम्मेवार हुनु पर्दछ । पालिकाहरुले पनि परीक्षालाईमात्रै हेरेर भन्दापनि मुल्यांकन का अन्य तरीकाहरु अपनाएर निकासमा पुग्न सकिन्छ । सिकाइलाई खाली पेपरपेन्सिल टेष्टकाे अंकनवाट मात्रै हेर्ने परिपाटी काे अन्त्य गर्ने याे एउटा अवसर पनि हुन्छ । त्यसैले अरुले के गरे हैन अब हामीले के गर्ने भन्ने मूल्य र मान्यतालाई हरेक पालिकाले अंगाल्नु पर्दछ तब मात्रै शिक्षामा संघियताकाे महत्व झल्कन्छ । अरुकाे आवस्यकता र हाम्रो अावस्यकता मिल्दैन । विद्यार्थी लाई परीक्षा केन्द्रित हुने भन्दा पनि सिकाइ केन्द्रित हुने माेडल ल्याउनु पर्छ । जसका लागि हाम्रा स-साना प्रयास र अनुभवहरु महत्वपुर्ण हुन्छन । हिजाे के थियाे र के भयाे हैन हिजाेकाे अनुभव वाट जहिले पनि अाज सिक्ने हाे हिजाेलाई हु बहु पछ्याउने हैन । हिजाेकाे अावस्यक्ता र अाजकाे अावस्यकता मिल्दैन । त्यसैले स्थानीय पालीकाहरुले तत्काल अाफ्नाे भुमिका वढाउन जरुरी छ । हाम्रा पाठ्यक्रम हरुलाइ नियाल्ने हाे भने त्यहाँ धेरै मुल्यांकन का वाटाहरु दिइएकाछन ।तीनै वाटाहरुमध्ये केही वाटाहरुलाई पक्रेर हामीले याे संक्रमणकालिन अवस्था वाट पार पाउनु पर्दछ ।पहिलाेचरणमा स्थानिय निकाय र विद्यालयहरुले तत्काल शिक्षकहरुले गरेका अान्तरिक मुल्यांकन का रेकर्डमा अाधारित भएर विद्यार्थीहरुकाे नतिजा सार्वजनिक गरिदिनु पर्दछ र याे संक्रमणकाे अवस्था अझै लामाे समय सम्म जाने कुरालाई हेर्दा नयाँ शैक्षिक सत्रकालागि थप नयाँ कार्यक्रम काे पुर्व तयारी गर्नु पर्दछ ।
विद्यार्थी हरुकाे नतिजा प्रकासन भएपश्चात पनि उनीहरु र उनीहरुका अभिभावकमा एक प्रकारकाे अन्याेलता रहिरहेकाे हुन सक्छ।त्याे अन्याेलता चिर्नका लागि अहिले नै विद्यालय , स्थानिय निकाय र सराेकारवालाहरुले निम्न अनुसारका कार्यक्रम हरु वनाउनु पर्दछ । जसले अागामी शैक्षिकसत्र मा हुन सक्ने शैक्षिक क्षतिलाई कम गर्न सक्दछ ।
१,तत्कालै नतिजा प्रकासन गरेर विद्यार्थी सम्म पुर्याउने ब्यवस्था गर्ने,
२,सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी हरुले प्राप्त गर्ने पाठ्यपुस्तक वापतकाे रकम विद्यालयलाई निकासा गरिदिने ,
३, पाठ्य पुस्तक वितरण प्रकृयालाई सरलीकृत गर्न प्रकासक र वितरकहरुले विद्यालय संग रेकर्ड माग गरि सम्वन्धीत विद्यालयहरुमै ढुवानी प्रबन्धकाे ब्यवस्था मिलाउने,
४, विद्यालयहरुले पाठ्यपुस्तक सेनिटाइज गरि कक्षागत तथा सेक्सनगत पालाे काे अाधारमा दुरी कायम गरि छुट्टाछुट्टै भाग लगाएर राखि अाफै टिपेर लाने ब्यवस्था मिलाउने ,
५,सके सम्म तहगत र कक्षागत हरेक शिक्षकलाई विद्यालयका कुल विद्यार्थी हरु भागलगाएर अाफ्नाे भागमा परेका विद्यार्थी हरुकाे सम्पर्क नं दिने ब्यवस्था मिलाई टेलीफाेन सम्पर्कमा रहने र उनीहरुकाे प्रगति विवरण साप्ताहिक रुपमा विद्यालय प्रसासनमा वुझाउने गरि प्रबन्ध मिलाउने जसकालागि अावस्यक पर्ने टेलिफाेन लागत टेलिकम र स्थानीय निकायकाे साझेदारीमा शिक्षकहुलाई विद्यालय नखुलुन्जेल सम्मका लागि निशुल्क सीम ब्यवस्था गराउने ।
६,वैकल्पिक शिक्षण विधीहरुकाे उपयाेगमा जाेड दिने ब्यवस्था मिलाउने,जसकालागी
-रेडियोमा कार्यक्रम तयारी र प्रसारण गर्ने गराउने,
– दुरी कायम गर्दै ब्यक्तिगत शिक्षक विद्यार्थी भेटघाट कार्यक्रम संचालन गर्ने,
-अनलाइन काे पहुँच पुगेका र नपुगेका विद्यार्थी पहिचान गरि समूह निर्माण गर्ने,
-रेडियाे,टिभीवाट पाठ प्रसारण गर्ने र अाफ्ने भागमा परेका विद्यार्थी ले फाेनकाे माध्यमवाट साे पाठ सुने हेरेकाे तथ्य पत्तालगाइ मुल्यांकन गरिने कुराकाे अाधार सुनिश्चितता गर्ने,
– खुला लेखन प्रकृयामा जाेड दिन खुला प्रश्नावली निर्माण गरि कुन पाठ पढेर उत्तर दिने हाे साे समेत सुनिश्चित गरि एकाइगत तथा पाठगत प्रश्न निर्माण गर्ने र विद्यार्थी लाई विषयगत कक्षागत रुपमा पालैपालाे वितरण गर्ने र याे प्रकृया विद्यालय नखुले सम्म जारी राख्ने,
-अभिभावक र विद्यार्थी हरुलाइ स्व सिकाइ अर्थात स्व अध्ययन प्रकृयामा संलग्नता र सिकाइमा दिएकाे समय र सहभागिताकाे अाधारमा मुल्यांकन गरिने कुराकाे अगाडिनै सुनिश्चितता गर्ने,
यसरी याे संकटकाे घडीमा हामीले याेजना निर्माण गरेर अगाडि वढ्न सक्याै भने सिकाइमा पुग्न सक्ने क्षति र यसले देशलाई पुग्न सक्ने दिर्घकालिन असरमा कमी ल्याउने कुरा निश्चित छ ।हामी अागामी दिनमा परीक्षामूखी भन्दा पनि शिक्षा मुखी हुन जरुरी छ ।
( लेखक आदर्श माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक हुन।)