Birat Post शनिबार, जेठ २२, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, २२ जेठ ।
कोभिड संक्रमितको उपचारमा थप सहजता प्रदान गर्ने उद्देश्यका साथ विराटनगरका नागरिक अगुवाद्धारा स्थापित ‘नागरिक केयर सेन्टर’ ले कोशी अस्पताललाई अटोमेटिक आरएनए एक्स्ट्र्याक्सन किट प्रदान गरेको छ । किट अभावका कारण द्रुगतिमा गरिने परिक्षण सेवा केहीदिनयता अबरुद्ध हुदै आएको थियो । किट नभएकै कारण परिक्षण रोकिएपछि नागरिक केयरसेन्टरले चीनबाट किट आयात गरि प्रदान गरेको हो ।

शनिबार एक अनौपचारिक कार्यक्रमका बीच विराटनगर महानगरका मेयर भीम पराजुली,नागरिक केयर सेन्टरका अध्यक्ष पवन सारडाले कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासलाई २ हजार पिस किट प्रदान गरेका छन् । किटको उपलब्धता संगै उक्त मेसिन शनिबारबाटै सञ्चालनमा आउने दासले जानकारी दिए ।

कार्यक्रममा नागरिक केयर सेन्टरका उपाध्यक्ष  द्धय  नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरे र  मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा,उद्योगी नबिन रिजाल र सदस्य सचिव पुनमकुमार दाहाल लगायतको सहभागिता रहेको थियो । यसभन्दा अगाडी विराटनगर महानगरका मेयर भीम पराजुलीको संयोजकत्वमा कोभिड राहत कोषसमेत बनाएर सेवामा जुटेको रुपान्तरितरुप नागरिक केयर सेन्टरले कोशी कोभिड अस्पतामा १ सय बेडको हस्पिटल बनाएर प्रदेश सरकार मार्फत कोशी अस्पताललाई हस्तान्तरण गरेको थियो ।

उद्योगी तथा पूर्वसंविधानसभा सदस्य पवन सारडाको अध्यक्षतामा बनेको १३ सदस्यीय ‘नागरिक केयर समिति’ ले अहिले पनि सक्रियरुपमा काम गरिरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
शाही युवा शक्ति नेपालले चैत ९ गते राजतन्त्रको पक्षमा र्‍याली प्रदर्शन गर्ने
लहलहैमा लागेर गणतान्त्रिक मोर्चा बनाउनु पर्छ भन्नेमा म छैन,मुलुकमा देखिएको चुनौतीलाई कांग्रेसले नै निकास दिन्छ : नेता केसी
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव,कस्तो रहला आजको मौसम ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल