Birat Post मंगलबार, आषाढ २९, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२९ असार।
विराटनगर स्थित बरगाच्छीमा रहेको राष्ट्रिय परिक्षा बोर्ड प्रदेश परिक्षा व्यवस्थापन कार्यालय प्रदेश १ का कर्मचारीका कारण सेवाग्राही विद्यार्थीहरुले सास्ती बेहोर्न बाद्य भएका छन् । समयमा कार्यालय नखोल्ने, स्पष्टरुपमा विद्यार्थीलाई सूचना नदिने, बुझ्न चाहेको विषयमा झन्झट मान्दै जवाफ दिने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।

कार्यालयको काम गराइ प्रति प्रत्यक्ष सम्वन्ध राख्ने क्याम्पसहरु समेत खुस देखिएनन् । विद्यार्थी तथा अभिभावका लागि गरिएको झन्जटिलो ब्यवस्थाले प्रदेश राजधानीभन्दा बाहिरका विद्यार्थीहरु मारमा परेका छन् । एउटा सर्टिफिकेट लिन पनि १० दिनको प्रतिक्षा गर्नुपर्ने बाद्यता विद्यार्थीहरुलाई छ । उच्च शिक्षाको लागि तोकिएको प्रदेश १ को मुख्य कार्यालयले सेवा प्रवाहमा सहजीकरण नगर्दा भने बेला बेलामा कार्यालयमा होहल्ला मच्चिने गरेको छ । मंगलबार कार्यालय १०ः३० बजेसम्म पनि नखुले पछि विद्यार्थी तथा अभिभावकहरुले होहल्ला गरेका छन् ।

कार्यालयका प्रमुख डम्बर बतासले कर्मचारी समयमा आउने गरेको दावी गरे । उनले कार्यालयको सेवा प्रवाह गर्ने काउन्टर खुल्नमात्र केही ढिलाइ भएको स्विकारे । प्रमुख वतासले २०६८ साल भन्दा यता परिक्षा दिनेहरुको सर्टिफिकेट प्रदेश कार्यालयबाटै दिइदै आएको र २०६८ साल भन्दा पुराना विद्यार्थीले दिएको मौका परिक्षाको रिजल्ट आउन भने केही समय लाग्ने जानकारी दिए । यता कार्यालयमामा आएका गुनासावारे जानकारी लिन सोही कार्यालयका सूचना अधिकारी दयाराम राइको मोवाइल नम्बर ९८२७३९५४७५ र लेन्डलाइन नम्बर ०२१ ४६२०३५ मा फोन गर्दा दुवै नम्बरमा सम्पर्क हुन सकेन । सूचना अधिकारीको सम्पर्क नम्बरनै नउठ्ने भए पछि कार्यालयले दिने सेवामाथी पनि प्रश्न उठाउने ठाउँ भएको छ ।

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल