काठमाडौं,३१ असार।
आज बिहिबार बस्ने भनिएको नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक स्थगित भएको छ । नेताहरुको कार्यव्यस्तताको कारण बैठक स्थगित भएको कांग्रेस पार्टी कार्यालयले जानकारी दिएको छ । बैठक शुक्रबार बस्ने बताइएको छ । भदौमा हुने पार्टीको १४ औैं महाधिवेशन र समसामयिक राजनीतिमा छलफल गर्न भन्दै आज दिउँसो २ बजे बैठक बोलाइएको थियो ।
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको व्यवस्तता देखाउदै बैठक स्थगित भएको छ ।शुक्रबार बस्ने बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समितिले तयारी गरिरहेको निर्वाचन निर्देशिका, नयाँ सरकारका प्राथमिकता, पार्टीले खेल्नुपर्ने भूमिका लगायतका विषयमा नेताहरुबीच छलफल गर्ने बताइएको छ ।