Birat Post शनिबार, भाद्र १२, २०७८ मा प्रकाशित

featured photo: Birat Post

मोरङ,१२ भदौ ।

बिहानीपख हिँडडुल  र व्यायाम गर्नु स्वास्थ्य जीवनकालागि अति आवश्यक रहेको स्वास्थ्य बिज्ञहरुले बताएका छन् । बिहानीपख हिँडडुल  तथा शारिरीक व्यायाम गर्दा दर्जनौ रोगहरुबाट बँच्न सकिने भएकाले भन्दै दैनिक तालिकामा समावेश गर्न उनिहरुले आग्रह गरेका छन् । विश्व स्वास्थ्य संगठन नेपालले नागरिकलाई दैनिक रुपमा विहानीपख हिँडडुल  र शारिरीक व्यायाम गर्ने जनचेतना जागृत गराउनका लागि शनिबार बाट अभियानको रुपमा ‘वाक द टक ’ (walk the talk) कार्यक्रम सञ्चालन गरेको छ ।

विराटनगर महानगरका मेयर भीम पराजुलीको प्रमुख आतिथ्यतामा विराटनगरको देवकोटा चोकदेखि वडा नं ३ को वडा कार्यालयसम्म छ किलोमिटर हिडेर कार्यक्रम गरिएक्े थियो । सांकेतिकरुपमा सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको विश्वस्वास्थ्य संगठन नेपालका डा.मनोज गुप्ताले जानकारी दिए । दैनिक क्रियाकलापमा कुनै न कुनै किसिमले ब्यायाम गर्न उनले सुझाए । कार्यक्रममा कोशी अस्पताल विराटनगरका सुपरिडेण्डेन्ट डा. चुमनलाल दास, कोशी अस्पताल विकास समितिका अध्यक्ष महेशप्रसाद भट्टराई, स्वास्थ्य कार्यालय धनकुटाका प्रदेश प्रमुख ज्ञानेन्द्र वस्नेत लगायत विभिन्न स्वास्थ्य संस्थाका चिकित्सक, स्वास्थ्यकर्मीहरुको सहभागिता थियो ।

संगठनको यस प्रकारको कार्यक्रम विश्वका विभिन्न देशका साथै काठमाण्डौ, कर्णाली प्रदेश लगायतमा देशका विभिन्न स्थानमा सम्पन्न गरि आजदेखि विराटनगरमा शुरु गरेको जनाएको छ ।
विराटनगर महानगरपालिका प्रमुख पराजुलीले सरुवा रोग तथा कोरोना महामारी तथा नसर्ने रोगहरु उच्चरक्तचाप, मधुमेह र मुटुको रोगबाट आफु र समाजलाई वचाउन हिँडडुल  सर्वोत्तम व्यायाम भएको भन्दै दैनिक क्रियाकलापमा ब्यायामलाई तालिकामा समाबेश गर्न नगरवासीमाझ आग्रह गरे ।

 

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल