Birat Post शनिबार, भाद्र १२, २०७८ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,१२ भदौ ।

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले देशका सबै वडाहरुमा एकैदिन अधिवेशन गर्नुपर्ने पक्षमा देखिएका छन् । शनिबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा पार्टी कार्यालय सानेपामा धर्ना र रिले अनसन गरिरहेका जिल्ला सभापतिसँग भएको छलफलपछि भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने गरी सहमति जुटेको सिंहले जानकारी दिए ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएपछि कृयाशील सदस्यका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापति र युवा नेताहरू राखेका माग सम्बोधन गर्दै रिले अनसन तोडाउने र महाधिवेशनको वातावरण तयार गर्ने समझदारी बनेपछि आफूहरुले आन्दोलनरत पक्षसँग छलफल गरी निष्कर्षमा पुगिएको नेता सिंहले जानकारी दिए ।
सभापति देउवासँग भएको छलफलपछि पौडेल पक्षले शनिबार आफुनिकटका नेता र जिल्ला सभापतिहरुसँग चाक्सीबारीमा छलफल गरेको हो । उक्त छलफलमा देशभरका छ हजार सात सय ४३ वडामै एकैदिन अधिवेशन गर्ने समझदारी भएको नेता सिंहले बैठकपछि जानकारी दिएका हुन् ।

उनका अनुसार जिल्ला सभापतिहरुले राखेका माग पनि सुनुवाइ गर्ने समझदारी बनेको छ। जिल्ला सभापतिहरुले निर्वाचन निर्देशिका संशोधन र कृयाशीलको नाम सार्वजनिक गर्न माग गरेका थिए।यता पार्टीले ४८ जिल्लाका कृयाशीलको नाम सार्वजनिक गरिसकेको छ र अरु जिल्लाको केही दिनभित्र सार्वजनिक गरिसक्ने तयारी छ। एकमात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामा पनि विधानअनुसार नै हुने गरि जिल्ला सभापतिको उम्मेदवार बन्न पाउनेगरी सहमति जुटेको छ ।

क्षेत्रीय प्रतिनिधि पनि महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य उठ्न पाउने बिषयमा सहमति जुटेको नेता सिंहले बताए । साथै नेता सिंहले अब पार्टीभित्र नयाँ उसाहका साथ अधिबेशन केन्द्रित हुने वातावरण बनेकाले सबैलाई महाधिवेशनमा केन्द्रीय रहन आग्रह समेत गरे ।

शुक्रबार साँझ देउवालाई भेट्ने निर्णय भएअनुसार पौडेल पक्षका नेताले देउवालाई भेटेर जिल्ला सभापतिको मागको सम्बोधन गर्न र १८ भदौमै वडा अधिवेशन गर्ने विषयमा सहमति जनाएका थिए । कांग्रेसका पौडेलपक्षीय जिल्ला सभापतिहरू क्रियाशील सदस्यको सूची सार्वजनिक गर्नुपर्नेलागयत तीनबुँदे माग राखेर यही भदौ ९ देखि रिले अनशनमा छन्।

त्यस्तै शनिबार जिल्ला सभापतिहरूको धर्ना र अनसन स्थगित गराउने तयारी समेत रहेको छ । छलफलमा नेताहरू रामशरण महत, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु तथा नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह, धादिङ सभापति रमेश धमला, काठमाडौं सभापति सबुज बानियाँलगायतको सहभागिता रहेको थियो ।

हाम्राकुरा डट.कम बाट

सम्बन्धित

ताजा अपडेट
विपिनको रिहाइका लागि परराष्ट्रमन्त्रीले गरिन् इरानका विदेशमन्त्रीसँग फोनवार्ता
सुनसरीको बर्जुमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
चितवनमा रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न आदेश

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल