Birat Post मंगलबार, भाद्र २२, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, २२ भदौ ।
एक वर्ष पहिला रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नगर शिक्षकमा नाम निकालेर माध्यमिक विद्यालय कोटजहारीमा काम शुरु शिक्षक टेकबहादुर नेपाली दुई दिनअघि अचानक जागिरबाट हटाइए । उनीसँगै भर्ना भएका आधारभूत विद्यालय गोइरीका अमृत बोहरा र सरस्वती माध्यमिक विद्यालय घरेलुचौर अमृत केसीले पनि जागिरबाट हात धुनु पर्यो ।

हप्ता दिन पहिले रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका बोलाइएका नगर शिक्षकहरुलाई सोधिएको थियो, ‘पार्टीको सदस्यता लिने कि जागिरबाट हट्ने ? नगरप्रमुखको कार्यकक्षमा बोलाएर सोधिएको यस प्रश्नमा नेकपा माओवादीको सदस्यता लिन मञ्जुर भनेर जवाफ दिएका नगर शिक्षकको जागिर नविकरण भयो भने पार्टीको सदस्यता लिन नमानेका शिक्षकहरु जागिरबाट हटाइएका हुन् ।

नेकपा माओवादीको सदस्यता नलिएपछि जागिरबाट हात धोएका यी त केही उदाहरणमात्र हुन् । नगरपालिकाले नगर शिक्षकमा भर्ना गरेका १ सय २७ जना शिक्षकमध्ये हालसम्म १ सय ३ जनाको मात्र जागिर नविकरण भएको छ भने बाँकी केहीलाई हटाइएको छ । केहीसँग सदस्यताको बार्गेनिङ चलिरहको छ । नगर शिक्षकमा भर्ना भएका शिक्षकहरु नेकपा माओवादी केन्द्र र नेकपा एमाले एक हुँदा भर्ना गरिएका शिक्षक हुन् ।

श्रोतका अनुसार त्यतिबेला राजनीतिक आस्थाकै कारण कांग्रेस निकटहरुको नाम निकालिएको थिएन भने अहिले म्याद नथपिएका शिक्षकहरु आस्थाको हिसाबले एमाले लाइनमा फर्किएका शिक्षकहरु हुन् ।
माओवादीको पार्टी सदस्यता लिन नमानेकै कारण स्थायी शिक्षकहरु मोहन मल्ल, आशिराम केसी, भगवती शर्मा, कालीबहादुर नेपाली र रुद्रबहादुर केसीको अपायक सरुवा गरिएको छ । यसरी सरुवा हुनेहरुमा नेपाली कांग्रेस निकट शिक्षक संघ र एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संघमा आवद्ध शिक्षकहरु हुन् ।

नेपाल शिक्षक संघ रुकुमले वैचारिक पूर्वाग्रह साँधेर शिक्षालाई धुमिल बनाउन खोजेको भन्दै यस कार्यविरुद्ध कानूनी लडाई लड्ने जनाएको छ । संघका सचिव खिमबहदुर खड्काले पेशागत संघ संगठनमा आस्था राखेकै आधारमा नीति र विधि उल्लंघन गरेर स्थानीय सरकारले मनोमानी गरेको जनाए ।

नगरपालिकाले मनोमानी ढंगले सरुवा गरेको भन्दै नेपाल राष्ट्रिय शिक्षक संघ जिल्ला कार्यसमितिले प्रेस विज्ञप्ति जारी गरेर विरोध जनाएको छ । संघका अध्यक्ष गणेशबहादुर केसीले स्थानीय सरकारले पूर्वाग्रही ढंगले शिक्षा क्षेत्रमा हस्तक्षेप गरेको बताए । उनले राजनीतिक आस्था राखेकै भरमा शिक्षकहरुमाथि दुर्व्र्यबहार गरेर शिक्षण पेशाको स्वाभिमानमाथि गम्भीर अपमान गरेको उल्लेख गरे ।
नेपाल शिक्षक महासंघ चौरजहारीले पनि अन्यायपूर्ण तरिकाले कार्यरत शिक्षकहरु हटाइएको र सरुवा गरिएको भन्दै विज्ञप्ति निकालेर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका अध्यक्ष भीमबहादुर ओलीले राज्यबाट प्रोत्साहन र सुरक्षा हुनुको साटो शिक्षकहरुको निवेदन र माग विपरीत पूर्वाग्रही र स्वेच्छाचारी ढंगले स्थानीय सरकारले मनोमानी गरेको उल्लेख गरे ।

स्थानीय तहको निर्वाचनको मिति नजिकिएको र माओवादीको गलत कार्यशैलीले पुनः सत्तामा पुग्न मुश्किल हुने देखिएपछि नगरप्रमुख विशाल शर्माको निर्देशनमा यो सब कार्य भैरहेको जनाइएको छ ।
हाम्रा कुरा डट कम बाट

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल