Birat Post बुधबार, भाद्र २३, २०७८ मा प्रकाशित

featured photo: Birat Post

भदौ,२३ एजेन्सीहरुको सहयोगमा ।

भारतमा कोरोना भाइरस महामारीको तेस्रो लहर देखिएको छ । मुम्बई र नागपुरमा तेस्रो लहर देखिएको हो । महाराष्ट्रमा मंगलबार ३ हजार ८९८ जना संक्रमित थपिँदा ८६ जनाको ज्यान गएको छ । त्यहाँ हाल ४७ हजार ९२६ जना सक्रिय संक्रमित रहेका छन् । मुम्बईकी मेयर किशोरी पेडनेकरले मुम्बईमा तेस्रो लहर आइसकेको बताइन् । उनले अब निकै नै सतर्क हुनुपर्ने बताएकी छिन् । उनले भनिन्, ‘मुम्बईमा तेस्रो लहर आइरहेको हैन कि आइसकेको छ । कोरोनाको विस्तार रोक्नका लागि निषेध लगाउने काम राज्य सरकारको हो ।

जरुरी हुँदा मुख्यमन्त्री उद्धव ठाकरे यसको फैसला लिनुहुन्छ ।’उनले गणेशउत्सवमा घरमै रहेर पूजा गर्न पनि सल्लाह दिएकी छिन् । त्यस्तै राज्यका उर्जा मन्त्री नितिन राउतले पनि नागपुरमा दुई गुणा तीव्र गतिमा कोरोनाका संक्रमित भेटिएको बताउँदै तेस्रो लहर आइसकेको बताएका छन् । एक दिन पहिले मुख्यमन्त्री ठाकरेले चाडपर्व भन्दा अहम् जीन्दगी भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
नागरिक अगुवाद्धारा पूर्व राजा ज्ञानेन्द्र शाहमाथी गम्भिर आरोप, खण्डन गर्दै राजावादीले भने ‘देश रहे राजा रहने हो’
‘हेलो सरकार’ ह्याक गरेको रुसी ह्याकरको दाबी
आफु विरुद्ध माओवादीले फेक च्याट प्रयोग गरेको ज्ञानेन्द्र शाहीको आरोप

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल