Birat Post बिहिबार, भाद्र २४, २०७८ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं, २४ भदौ ।
नेपाली कांग्रेस संस्थापन इतर समूहले ७७ वटै जिल्लामा वडा अधिवेशन सकेर मात्रै पालिका तहको अधिवेशन शुरु गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेको छ ।
बिहीबार विहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सभापति देउवासँग कांग्रेसको संस्थापन इतर पक्षले महाधिवेशन र सदस्यता विवादबारे छलफल गरेको थियो ।
छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेलले अझै २० जिल्लामा क्रियाशील सदस्यता टुंगिन बाँकी रहेको र सभापतिकै जिल्ला डडेलधुरामा पनि विवाद रहेकाले सबै जिल्लाको विवाद टुंगाएपछि ७७ वटै जिल्लामा वडा अधिवेशन सकेर मात्रै पालिका तहको अधिवेशन गर्न आग्रह गरेका हुन् ।

‘पहिले सबै जिल्लामा क्रियाशील विवाद टुंगाएर वडा अधिवेशन सकौं, त्यसपछि पालिका अधिवेशन देशभर एकै मितिमा गरौं, क्रियाशीलको विवादले १ असोजमा हुने प्रदेश सभाको निर्वाचन र त्यसपछिका निर्वाचनलाई असर नगरोस्,’ पौडेलले सभापति देउवालाई आग्रह गर्दै भनेको उनका सहयोगी चिरञ्जीवी अधिकारीले हाम्राकुरासँग भने ।
कांग्रेसको क्रियाशील सदस्यता विवाद अझै २० जिल्लामा मिलेको छैन । सभापति देउवाको जिल्ला डडेलधुरामा २५ भदौका लागि तोकिएको वडा अधिवेशन क्रियाशील सदस्यताको विवादकै कारण जिल्ला नेतृत्वले नै स्वीकारेको छैन ।

प्रदेश १ को मोरङ र प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटको क्रियाशील सदस्यतामा विवाद हुँदा सूची सार्वजनिक गरिएको छैन । यस्तै बागमती प्रदेशको काठमाडौ, सिन्धुपाल्चोक, काभ्रे र रसुवा तथा लुम्बिनीको कपिलवस्तु, बाँके र बर्दिया तथा कर्णालीको डोल्पा र सुर्खेतको पनि वडा अधिवेशन अनिश्चित छ । यसैगरी सुदूरपश्चिमका कैलाली र बाजुराको क्रियाशील सदस्यता सूची सार्वजनिक नहुँदा ती जिल्लामा पनि वडा अधिवेशन अनिश्चित बनेको छ ।
सदस्यता विवाद नटुंगिएको भन्दै बुधबार मात्रै कांग्रेस उपसभापति विमलेन्द्र निधिलेसमेत देशभर वडा अधिवेशन सकेर मात्रै अधिवेशनको बाँकी प्रक्रिया अघि बढाउन माग गर्दै सभापति देउवालाई लिखित पत्र नै पठाएका थिए । यसअघि कांग्रेसले १८ भदौका लागि वडा अधिवेशनको मिति तोकेको थियो । तर बुधबार सम्म ५६ जिल्लामा मात्रै वडा अधिवेशन सकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसले सार्वजनिक गरेको महाधिवेशनको कार्यतालिका अनुसार २७ भदौका लागि पालिका अधिवेशन, १ असोजका लागि प्रदेशसभा क्षेत्रीय अधिवेशन र ५ असोजमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशनको तोकिएको छ ।
यस्तै १० असोजका लागि एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन तोकिएको छ भने प्रदेश अधिवेशन १० कात्तिक देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मंसिरसम्म तय गरिएको छ ।
(हाम्रा कुरा डट कम बाट)

सम्बन्धित

ताजा अपडेट
एलन मस्कलाई छोराले हिर्काए, दाहिने आँखा माथीको भागमा देखियो कालो धब्बा
किराँत याक्खा छुम्मा महानगर अध्यक्षमा प्रेम देवान
राजसंस्था पक्षधरको सडकमा तीन दिनः दबाब बढाउदै नेताहरू

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल