विराटनगर,२४ भदौं ।
सम्पत्ति शुद्धीकरणसम्बधी पुनः पुनरावेदन भएको मुद्दामा पनि नेकपा एमालेको युवा संगठन युवा संघका नेता परशुराम बस्नेतले सफाइ पाएका छन् । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र टंकबहादुर मोक्तानको इजलासले बस्नेतलाई सफाइ दिने फैसला सुनाएको हो ।
यसअघि बस्नेतले सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतबाट सफाइ पाएका थिए । २०७० जेठ ५ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बस्नेतसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले बस्नेतको हकमा दावी नपुग्ने भन्दै सफाइ दिएपछि सम्पत्ति शुद्धीकरण विभागले सर्वोच्चमा पुनरावेदन गरेको थियो ।
पुनरावेदन भएको मुद्धामा समेत बस्नेतले सफाइ पाएका छन् । राजनैतिक तथा सामाजिक छबी बनाउदै लगेका बस्नेतमाथी लागेका आरोप कानुनीरुपमै सफाइ पाएपछि उनी निकट एमाले कार्यकर्ता र युवाहरु खुसी भएका छन् ।