Birat Post सोमबार, भाद्र २८, २०७८ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ, २८ भदौ ।
आफ्नो पार्टीले माधवकुमार नेपालसहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा सोमबार सुनुवाई हुँदैछ । सुनुवाईका लागि न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको संयुक्त इजलास तोकिएको छ । ओलीले दायर गरेको मुद्दामा अन्तरिम आदेश जारी गर्ने–नगर्ने विषयमा सुनुवाई हुन लागेको हो ।

एमाले अध्यक्ष ओलीले निर्वाचन आयोग र सभामुखविरूद्ध तीनवटा रिट दायर गरेका छन् । त्यसमध्येका दुई रिटमा सोमबार अन्तरिम आदेश दिने–नदिने विषयमा सुनुवाइ हुन लागेको हो ।

एमाले अध्यक्ष ओलीले १४ जना सांसदलाई पार्टीले कारबाही गरेपछि सांसद पद निलम्बन गर्नु पर्नेमा नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाविरूद्ध रिट दायर गरेका हुन् । सो रिटमा भदौ २२ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले अन्तरिम आदेशका लागि भदौ २८ गते दुवै पक्षलाई छलफलका लागि डाकेको थियो ।

सम्बन्धित

ताजा अपडेट
नेपालबाट बाहिरियो मनसुन
सुदन गुरुङ नेतृत्वको जेनजीका ७ प्रदेश संयोजको खबरदारी, राजनीतिक नियुक्ति खारेज गर्न जोड
तरुण दलको केन्द्रीय सदस्यहरूले भने, ‘पार्टीमा तत्काल पुस्तान्तरण होस्’

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल