Birat Post सोमबार, भाद्र २८, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, २८ भदौ ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय क्रिकेट सिरिज सोमबारदेखि शुरु हुँदैछ । नेपाल, अमेरिका र ओमानबीच ओमानमा सिरिज हुन लागेको हो ।
सोमबारको पहिलो खेलमा नेपालले अमेरिकासँग खेल्देछ । यो खेल नेपाली समयअनुसार अपरान्ह ४ः१५ बजे शुरु हुनेछ । ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदानमा उत्रने नेपाली टिममा उपकप्तान दिपेन्द्र सिंह ऐरी भने हुने छैनन् । उनी घाइते छन् ।
नेपाल र अमेरिकाबीच निकै नै टक्कर हुँदै आएको छ । लिग–२ अन्तर्गत नै नेपालले यसअघि घरेलु मैदानमा अमेरिकासँग दुई खेल खेल्दा नेपालले दुबै खेल जितेको थियो ।
तर ओमानको मैदानको अवस्था फरक भएकाले खेल प्रतिस्पर्धात्मक हुने कप्तान मल्ल बताउँछन् । सिरिजको अर्को टिम ओमान यसअघिको खेलमा नेपालसँग हावी भएको थियो ।
सन्दीप लामिछानेले दुवै खेलमा गरेर १० विकेट लिएका थिए । उनी फर्ममा छन् । जसले गर्दा नेपालले अमेरिका र ओमानलाई दबाबमा राख्ने अनुमान गर्न सकिन्छ ।
नेपालले दोस्रो खेलमा ओमानसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ भने तेस्रो खेल अमेरिकासँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल