Birat Post मंगलबार, भाद्र २९, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, २९ भदौ ।
रुपन्देहीको गैडहवा गाउँपालिका–६ मा एक दम्पतीले आफ्नै ८ महिने छोराको घाँटी रेटेर हत्या गरेको प्रहरीले दावी गरेको छ । शनिबार बिहान १ बजे बाहिरबाट कोही आएर आफ्नो छोरा सुरजको हत्या गरेको भन्दै श्रीराम मल्लाह र उनकी श्रीमती रेनु मल्लाह चिच्याएका थिए । अनुसन्धानपछि श्रीराम र रेनुले नै आफ्नै छोराको हत्या गरेको देखिएको रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।
‘घरको छतमा गएर आमाले बच्चालाई काखमा लिएको र बाबुले हँसियाले दुईतीनपटक घाँटी काटेको पाइएको छ । छोरालाई मारेर आफू पनि मर्ने उनीहरुको योजना रहेछ । तर छोरा मारिसकेपछि त्यसलाई कपडामा बेरेर कोठामा ल्याएपछि बाहिरबाट कोही आएर हत्या गरी भागेको भन्दै चिच्याएका रहेछन, प्रहरी नायब उपरीक्षक थापाले भने ।
त्यस घरमा श्रीराम आफ्नी आमा, विवाहित जेठी दिदी र उनका दुई छोरासहित बस्दै आएका थिए । घटनाको अघिल्लो दिन श्रीरामकी आमा भानुमती मल्लाहले घर रहेको ११ धुर जग्गा जेठी छोरीको नाममा पास गरिदिएकी थिइन् । आमा भानुमतीको उक्त निर्णयले उनका एकमात्र छोरा श्रीराम र उनकी श्रीमती रेनु खुसी थिएनन् । ‘जग्गा पास भएपछि साँझ घरमा मदिरा सेवनसमेत भएको देखिन्छ’, थापाले भने ।
प्रहरीका अनुसार श्रीमानले अर्की लिएर हिँडेपछि तीन छोरी र एक छोरा हुर्काउने जिम्मा भानुमतीको काँधमा आएको थियो । तर २०६३÷६४ सालमा मात्र उनले नागरिकता बनाएकी थिइन् । त्यतिबेला नागरिकता बनाउँदा उनले आफू विवाहित रहेको, छोराछोरी रहेको बारे केही उल्लेख नगरेको प्रहरीले जनाएको छ ।
‘त्यही कारण छोरा श्रीरामको नागरिकता थिएन । नेपाली केटासँग विवाह गरेपछि जेठी छोरीको चाहीँ नागरिकता बनेको रहेछ । बुहारी रेनुसँग नेपाली नागरिकता भएपनि भानुमतीले उनको नाममा जग्गा पास गर्न डराएको देखिन्छ । यही कारण आमाले आफूहरुप्रति गरेको व्यवहार दुनियाँले देखोस् भनेर छोराको हत्या गर्ने र आफू पनि मर्ने योजना श्रीराम र सुरजले बनाएका रहेछन्,’ प्रहरीले भनेको छ ।

सम्बन्धित

ताजा अपडेट
राहत एवम् पुनः निर्माण कोष निर्माण गर्न माओवादी कोशी प्रदेशको माग
यस वर्षको मनसुन बाहिरिदै,दसैँ घमाइलो हुने सम्भावना
आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल