Birat Post बिहिबार, भाद्र ३१, २०७८ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,३१ भदौं ।

१२ औं राष्ट्रिय जनगणना यही भदौ ३० गतेबाट शुरु भएको छ । जनगणनाको पहिलो चरण अन्तर्गत घर तथा परिवारको सूचीकरण शुरु भएको हो । नेपाल सरकारले राष्ट्रिय जनगणना–२०७८को कार्यक्रम भदौदेखि मंसीरसम्म सम्पन्न गर्ने निर्णय गत २१ भदौमा गरेको थियो । ‘मेरो गणना, मेरो सहभागिता’ नारासहित ३० भदौदेखि १८ असोजसम्म सूचीकरणको काम शुरु भएको छ । १९६८ सालबाट नेपालमा शुरु भएको जनगणना १२औं पटक २५ कात्तिकदेखि ९ मंसीरसम्ममा हुनेछ ।

यसभन्दा अगाडीका जनगणनामा लैंगिक पहिचान महिला र पुरुष मात्रै थियो भने यसपटक यौनिक अल्पसंख्यकलाई पनि समावेश गरिएको केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डिराज लामिछानेले जानकारी दिए । घरहरुको संख्या र तिनको प्रयोजनको तथ्यांक समेत यसपटकको जनगणनामा उल्लेख हुने छ । परिवारको कति जनाको बैंकको खाता छ वा ऋण लिएको छ,कृषि क्षेत्रमा लागेका व्यक्तिहरूसँग कुन कुन पालुवा जनावर वा पशुपक्षी पालेका छन् जस्ता अन्य अत्यावश्यक कुराहरु पनि समेटिएको छ ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल