Birat Post बिहिबार, भाद्र ३१, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, ३१ भदौ ।
मोरङको बुढीगंगा गाँउपालिका– ३ मा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बेलबारी नगरपालिका घर भएकी ३० वर्षीया चन्द्रकला राईको बिहीबार भएको कार दुर्घटनामा मृत्यु भएको हो । मोरङ प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी राईको उपचारका क्रममा बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
उनका अनुसार चन्द्रकला सवार बा ११ च १५७१ नम्बरको कार आफै अनियन्त्रित भएर कोशी राजमार्ग अन्तर्गत बुढीगङ्गा–३ मा दुर्घटनामा परेको थियो । बेलबारीबाट विराटनगरतर्फ जाँदै गरेको कार सडकमा रहेको बिजुलीको खम्बामा ठोक्किँदा बिहान साढे ११ बजे दुर्घटना भएको थियो ।
दुर्घटनामा कार चालक बेलबारी –१ का ३८ वर्षीय बाबुराम कार्की, बेलबारी–१ की ४३ वर्षीया गीता लिम्बू र ५५ वर्षीया सानी धिमाल घाइते भएका छन् । घाइते सबैको विराटमा उपचार भइरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
एलन मस्कलाई छोराले हिर्काए, दाहिने आँखा माथीको भागमा देखियो कालो धब्बा
किराँत याक्खा छुम्मा महानगर अध्यक्षमा प्रेम देवान
राजसंस्था पक्षधरको सडकमा तीन दिनः दबाब बढाउदै नेताहरू

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल