पार्टीलाई मुठ्ठीभित्र राख्ने प्रयास गरेपछि विभाजन राेज्याैंः अशोक राई

विराटनगर,२७ बैशाख । प्रस्तावित जनता समाजवादी पार्टीका संघीय अध्यक्ष अशोक कुमार राईले जनता समाजवादी पार्टी नेपालले महाधिवेशन नै अनियमित ढङ्गले गर्न खोजेको र पार्टी कब्जा गरेर आफ्नो मुठ्ठीभित्र राख्ने प्रयास गरेकाले पार्टी विभाजन गर्नु परेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ...

कोशीमा हिक्मत कार्की मुख्यमन्त्री नियुक्त

विराटनगर,२७ बैशाख । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । योसहित प्रदेश सरकारमा कार्कीको तेस्रो इन्ट्री हो । कार्की संविधानको  १६८ (५)   अन्तर्गत नियुक्त भएका हुन् । एमाले र माओवादीका ५२ जना प्रदेशसभा सांसदको शरीर उपस्थितिमा हस्ताक्षर गरेपछि ...

कोशीका मुख्यमन्त्री कार्की पदमुक्त, नयाँ सरकार गठनका लागि आह्वान

विराटनगर , २७ बैशाख ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की पदमुक्त भएका छन्। कार्कीलाई पदमुक्त गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार बुधबार राति वैकल्पिक सरकार गठनको आह्वान गरेका छन्। सरकार गठनका लागि खापुङले वैशाख ...

परिस्थितिअनुसार सरकारलाई समर्थन गर्नेमा जसपा अध्यक्ष उपेन्द्र यादव

काठमाडौँ ,२६ बैशाख ।  जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन निरन्तर रहने बताएका छन् । पार्टी कार्यालय बालकुमारीमा आज आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीसमेत रहेका पार्टी अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन आजका ...

प्रचण्ड–ओली फुटाउ र राज गरको रणनीतिमा, जसपा फुटको पराकम्पन रास्वपासम्मै

काठमाडौँ ,२४ बैशाख ।  वर्तमान सत्ता समीकरण जोगाउनका लागि एमाले–माओवादीको मिलेमतोमा जनता समाजवादी पार्टी (जसपा) नेपाललाई विभाजन गरेपछि वैकल्पिक गठबन्धन रोक्ने प्रयासको थालनी भएको छ । नेपाली कांग्रेससहितको बैकल्पिक गठबन्धनको कसरतमा रहेका नेकपा एसका माधव नेपाललाईसमेत यतिबेला ‘टार्गेट’ मा राखेर ...

देश लुट्नको लागि र कारबाहीबाट जोगिन मात्र सत्तासमिकरण : लिङ्देन

काठमान्डौं,२४ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा विदेशी हस्तक्षेप बढ्दै गएको बताएका छन्। आइतबार राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको काठमाडौं जिल्ला भेलामा उनले विदेशीहरुको हस्तक्षेप बढेको बताए। उनले विदेशीहरुको दबाब र प्रभावमा प्रधानमन्त्रीले समीकरण परिवर्तन गर्दै हिडेको बताए। ...

फुट्यो जसपा, अशोक राईको नेतृत्वमा नयाँ दल खोलिदै

काठमाडौँ ,२३ बैशाख ।  उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजन भएको छ। पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ जसपा नेपाल विभाजन भएको हो । नयाँ दलको नाममा नेपाल हटाएर जसपा मात्र राखिएको छ । १२ सांसद ...

कांग्रेस र एमालेको स्थिर सरकार बनाउनुपर्छ : भीम पराजुली

विराटनगर,२२ बैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न ठूला दल मिलेर सरकार बनाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस विराटनगर-१ ले आयोजना गरेको कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य पराजुलीले यस्तो बताएका हुन् । विगतमा राजनीतिक अस्थिरताकै ...

असई थमन विकको हत्यामा संलग्न लोसपा सांसद शर्मा निलम्बित

जनकपुरधाम ,२१ बैशाख ।   जन्मकैदको सजाय पाएका लोकतान्त्रिक समाजवादी पार्टीका मधेस प्रदेशका सांसद अभिराम शर्मा निलम्बित भएका छन्।  मधेस प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै लोसपाका संसदीय दलका नेतासमेत रहेका शर्माको निलम्बनमा परेको जनाएको छ। उनी निलम्बित भएसँगै मधेस प्रदेशसभामा १०६ ...

विप्लवको पार्टी पनि संसदीय प्रणाली- २०८४ को निर्वाचनमा भाग लिने

विराटनगर,१८ बैशाख ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी २०८४ को आम निर्वाचनमा भाग लिने भएको छ ।  वैशाख ५–९ गतेसम्म कपिलवस्तुमा बसेको केन्द्रीय कमिटी बैठकको काठमाडौँमा पत्रकार सम्मेलन गरी निर्णय सुनाउँदै महासचिव विप्लवले चुनावको प्रयोग गर्ने निर्णय ...

अल्पमतमा परे पनि विश्वासको मत नलिने अडानमा कोशीका मुख्यमन्त्री

विराटनगर,१८ बैशाख । प्रष्टरुपमा अल्पमतमा परेका कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट विश्वासको मत नलिने अडान दोहोर्याएका छन् । मंगलबार प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर प्रदेश सभाबाट पारित संकल्प प्रस्तावकै आधारमा आफूले विश्वासको मत लिनुनपर्ने जिकिर गरेका हुन् । गत ...

राजनीतिक स्थायित्वबिना वैदेशिक लगानी आउँदैन : कोइराला

झापा,१८बैशाख/  नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपालमा राजनीतिक स्थायित्व बिना अपेक्षाअनुसारको वैदेशिक लगानी नआउने बताएका छन् । झापाको गौरादहमा नेपाली कांग्रेस गौरादह नगर कार्यसमितिको नवनिर्मित ‘वीपी स्मृति भवन’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले देश विकासको बाधक राजनीतिक ...

इलाम – २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

इलाम,१८ बैशाख ।  प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत ...

इलाम २ः सुहाङले उछिने डम्बरलाई, तेस्राेमा भिड्दै डकेन्द्र र मिलन

इलाम,१६ बैशाख । इलाम–२ को उपचुनावको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् । फाकफोकथुम गाउँपालिकाको ४ वटा वडाको मतगणना सम्पन्न हुँदा नेम्वाङले कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई उछिनेका हुन् । नेम्वाङले दुई हजार ५४२ मत पाउँदा खड्काले दुई ...

नेकपा स्थापना : आज हीरक महोत्सव मनाइदै

काठमाडौँ ,१० बैशाख ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको छ । नेपालमा तत्कालीन समयमा जहाँनीया राणा शासन कायम भएकाले सो को विरोधमा छिमेकी राष्ट्र भारतमा भूमिगत भई जनताको मुक्तिका पक्षमा राजनीति र अध्ययन गर्दै आएका ...

एमाले परिषद् बैठकः आज समूहगत छलफल हुँदै

काठमाडौं ,९ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको दोस्रो दिन आज विभिन्न प्रतिवेदनमा समूहगत छलफल हुँदैछ । लतिलपुरको गोदावारीमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन र केन्द्रीय निकायका प्रतिवेदनमा छलफल ...

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखी सुरु हुदै

काठमाडौँ,८ बैशाख । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि सुरु हुँदैछ। आज र भोलि गरि दुई दिन चल्ने बैठकमा एमालेका झण्डै २५ सय नेता कार्यकर्ता सहभागी हुने तयारी छ। बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा बस्नेछ। पार्टी कार्यालय च्यासलमा ...

कांग्रेसको निष्कर्ष : सरकार संसद बन्द गरेर भाग्यो

काठमाडौं,२ बैशाख । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले संसदीय मूल्य मान्यता र अलोकतान्त्रिक काम गरेको भन्दै संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णयको भर्त्सना गरेको छ । आज -आइतबार बिहान संसदीय दलको बैठकले सरकार जनताका समस्याप्रति गैरजिम्मेवार हुँदै सरकारले संसद अन्त्य ...

गृहमन्त्रीलाई नै केन्द्रमा राखेर समितिको माग गरिएको छ, त्यो मिल्ने कुरो छैन : प्रधानमन्त्री प्रचण्ड

विराटनगर,२९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री रवि लामिछानेलाई नै केन्द्रमा राखेर संसदीय छानबिन समितिको माग गरिएको कुरा नमिल्ने भएको दाबी गरेका छन्। बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेलाई केन्द्रमै राखेर छानबिन समितिको माग ...

ठूला दललाई लिङ्देनको चेतावनीः नयाँ सम्झौता गरौं, होईन भने भाग्न तयार हुनुस्

काठमाडौं, २७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई नयाँ सम्झौताको लागि आह्वान गरेका छन् । आज (मंगलबार) राप्रपाले आह्वान गरेको जनप्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले नयाँ ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल