Birat Post सोमबार, चैत्र २८, २०७८ मा प्रकाशित

featured photo: Birat Post

ओली महोदय, तपाईले नै होइन आदरणीय प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्कालीन अवस्थामा कांग्रेसको अन्तिम प्रधानमन्त्री भनेर घोषणा गरेको ?

खोइ, रेल र पानी जहाज ? रेल र पानीजहाजको टिकट काट्ने मितिको घोषणा गर्ने तपाई नै होइन ? घर घरमा ग्यास पाइप पुर्याउने भनेको होइन?

मैले निर्वाचन जिते भोकै कोही मर्नु पर्दैन भन्दै सुतेकै ठाउँमा खाना पुर्याइने भन्ने तपाई नै होइन ?

भ्रष्टाचारीको अनुहार पनि हेर्दिन भन्दै यति, ओम्नी, ढकाल, ईश्वर र गोकुलधामलाई क्याबिनेटमै पालेको कस्ले हो ?

अनि अब कांग्रेसलाई १३ सिटमा पुर्याउने काम बाँकी हो ?

महोदय,
तपाईलाई जनताले धेरै प्रश्न गर्नेवाला छन् । अलिक होश गरेर बोल्नुहोस्, हिंड्नुहोस् । तपाईका साढे तीन वर्ष माथिका कर्मले जनताहरु निराश मात्र छैनन् आक्रोशित छन् । आफ्नो ख्याल राख्नुहोस् ।

कोभिडको महामारीमा ज्यान हत्केलामा थापेर नाङ्गै महाकाली नदी तर्दै देश प्रवेश गर्न अभिशप्त गराउने को हो ? देश नागरिकको अन्तिम भरोसा हो, जीवन र मृत्युको मुखमा पुग्दा तपाईले आफ्ना नागरिकलाई अनागरिकलाई करार गरेको ऋण कहिले तिर्नुहुन्छ ?

कांग्रेसलाई १३ त के ११३ मा पनि राख्न सक्नु हुन्न । पार्टी एकताको नाममा जनतालाई ठगेर ल्याएको मतको घमण्ड कम्तीमा अब नबोक्नुस् ।

कांग्रेसलाई होच्याउने गफमा भन्दा काममा लाग्नु होस्। आफ्नो निर्वाचन क्षेत्रबाट जिते मात्रै पनि तपाईको ठूलो सफलता हुनेछ।

सम्बन्धित

ताजा अपडेट
आज विश्व ध्यान दिवस मनाइँदै
मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन हुँदै
शहीद परिवारलाई भेट्दै रवि लामिछाने,न्याय नपाएसम्म साथमा रहने भनाइ

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल