Birat Post आइतबार, साउन २५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 धिरज दाहाल 

लकडाउन खुलेको केही दिनसम्म सामान्य रहेको बिराटनगर फेरी सन्त्रासको बन्दि बनेको छ । कोरोनाको संक्रमण समुदायस्तरमा पुगेपछि बिराटनगर जोखिममा रहेको हो । बिराटनगरकै चर्चित निजी अस्पतालका बरिष्ठ चिकित्सकमा कोरोना संक्रमण प्रमाणित भएपछि उत्पन्न परिस्थितीले त्रास त बढायो नै त्यो भन्दा ठुलो ति चिकित्सकसँगका सहयात्री र सहयोगीको नामावली थपिदै जादा संख्यामा उल्लेख्य बृद्दि भएको छ । यसले कोरोना भन्दा पनि केही दिन चिकित्सकलाइ चर्चित बनायो । महानगरवासिले ति चिकित्सकलाई कोरोना भन्दा ठुलो भाइरस बनाए । संसारका कुख्यात अपराधीको पंक्तिमा उनी उभ्याइए । उनको शरिरमा रहेका कोरोनाका भाइरसहरुले दिने पिडामा कसैले उफ् गरेनन् । हिजोसम्म स्थानिय स्तरमा उनले गरेका स्वास्थका ठुला उपलब्धिहरुलाई कति सहजै आजको एउटा गल्तीले त्यसलाई अपराध बनायो अनी उनलाई अपराधी पत्तै भएन ।

लकडाउनलाई रमाइलो मानेर लकडाउन हेर्न निस्किएका मनुवाहरु आज फेरी डिङ हाँक्दैछन् । मास्क लगाउदा समाजमा डरछेरुवाको उपाधि पाइन्छ कि झैं गर्ने बौद्दिक जमात आज फेरी चोकका चिया दोकानदेखि लुकेर खुलेका भट्टीमा बैज्ञानिकका भन्दा ठुला तर्क राख्दैछन् । लाग्छ यिनीहरुका गोजीमा कोरोनाको भ्याक्सिन छ ।

कोरोना समुदायस्तरमा फैलिसकेको छ । जनता त्रसित बनेका छन । समुल बिराटनगर त्रासमा छ । कोरोनाको हिजोका शुरुवाती दिनमा चोके गफ बनाइएको कोरोनाले आजका दिनमा आफ्नो मुल स्वरुप बिराटनगरलाई देखाएको छ । दैनिक संक्रमितको संख्या २ अंकमा देखिन थालेको छ । आज एकाइँ र दाँइमा देखिएको यो संख्या भोलीका दिनमा सयकडामा देखिने निश्चित छ । उता हिजो लकडाउनलाई रमाइलो मानेर लकडाउन हेर्न निस्किएका मनुवाहरु आज फेरी डिङ हाँक्दैछन । माक्स लगाउदा समाजमा डरछेरुवाको उपाधि पाइन्छ कि झैं गर्ने बौद्दिक जमात आज फेरी चोकका चिया दोकानदेखि लुकेर खुलेका भट्टीमा बैज्ञानिकका भन्दा ठुला तर्क राख्दैछन । लाग्छ यिनीहरुका गोजीमा कोरोनाको भ्याक्सिन छ ।

लामो समयसम्म रहेको लकडाउनका कारण बिश्व अर्थतन्त्र जर्जर बनेको छ । यसबाट नाम मात्रको रुपमा रहेको औधोगिक नगरी पनि अछुतो रहन सकेन तर, सामान्य ब्यापारीका लागी । बिराटनगरका मुल सडकमा महिनाको हजारौ र लाखौंमा बहाल तिरेर ब्यापारीमा बहाल भएकाहरुलाई कोरोना अभिशाप बन्यो । ऋण लागे केही ख्यास्दैन दिन नलागोस भन्ने उखानले आफुलाई उल्टाउदै ऋण र दिन एकैपटक लगाइदिएको छ । ठेलामा सरकारी र निजी अस्पतालका अगाडी र चौबाटोमा चिया, मःमः बेच्नेसम्म यसका शिकार बने । दैनिक मजदुरी गरेर खानेका माथिंगलमा कोरोना ग्रहण बन्यो ।

सडकमा हिड्ने बटुवालाई ग्राहक मानेका र उनीहरुकै भरमा चलेको ब्यापारबाट चलेको घरको हिसाव किताव गोलमाल बन्यो । अर्को तिर औलामा गन्न सकिने केही ब्यापारीका लागी कारोना मालामाल नै सावित भइदियो । चाउचाउ उत्पादन गर्ने घराना सेनिटाइजर बनाउन थाले । कट्टु सिलाएर बुधहाट र शनिहाटमा मेड इन थाइल्याण्डको ट्याग भिराउनेहरु मास्कमा ट्याग झुण्डाउन जान्ने भए । शुरुमा अभाव भएर हजार रुपैयामा बेचेको माक्सको मुल्य केहिदिनमा पैसठ्ठी रुपैया कायम भइदियो । कति सजिलै झुक्क्याए एन. नाइन्टिफाइभ. लेखिदिएर । अनि हिजो आफुलाई ब्यापारीसगैं समाजसेवी भनेर चिनाउन लोभीने उनीहरुको छेपारे छवी छर्लङ्घ बन्यो । तैपनि आफुहरुले संकटको समयमा जोखिम मोलेर उपभोक्ताको सुरक्षामा योगदान पुर्याएको भन्दै आफुलाई महान बनाउन तल्लिन बनेका छन । बिहेमा कन्यादान दिएको झै २० जनाले एक अर्काको हात छुदै एउटा चाउचाउको पोको दिएर महान समाजसेवी बन्नेको तस्विर पनि मुहारपुस्तिकामा हालेका छन । माथि लेखिदिन्छन–“युवा समाजसेवी ……फलानोद्वारा राहत बितरण, कहाँ छ सरकार?”

आँखा फुटेको गोरुले सधै हरियो देख्छ भनेझैं यिनले जनताको जिवन सुरक्षाका निम्क्ति महानगरको यो निर्णयमा समेत राजनिती नै देखे । हुनत सामाजिक बिकास मन्त्री र मन्त्रालयको निर्णय क्षमताको बिषयमा शब्द खर्चनु ब्यर्थ नै छ । एउटा सामान्य वडा सदस्यले गर्ने काममा मन्त्री आफै सरिक हुन्छन । मुसुक्क हास्छन, फोटो खिचाउँछन । दुधे बालकको हुज्जत सचिवालय छदैछ , मुहार पुस्तिकामा ठोकिदिन्छन फेरी लेखिदिन्छन–“जनताका पिडामा माननीय मन्त्रिज्यु ।” सेलरोटी र आलु टिम्मुर अचारको स्वाद लिन देखि स्वस्थानीको साङ्घे समापनमा प्रमुख अतिथी, सेतो गाडी झण्डा फररररर ।  केही समय अघिसम्म प्रधानमन्त्री के.पी. शर्मा ओलीको एउटा टुक्काले सामाजिक संजालदेखी लिएर नेपालका हास्यकलाकारहरुलाई राम्रो खुराक दिएको थियो । उट्पट्याङ ओलीले कतै भाषणमा “मलाई ताज्जुव लाग्छ, मलाई अचम्म लाग्छ ।”, भनिदिएका थिए सबैका मुख मुखमा झुण्डिहाल्यो । तर ओलीको यो कथन यतिबेला उनकै सरकारकालागी सार्थक भएको झै भएको छ ।

मुलुक कोरोना कहरका कारण ठप्प छ । सरकारका आफ्नै समस्या छ । सरकारमा रहेको दल नेकपा देशका लागी हैन स्यंमको आन्तरिक खिचातानीमा रुमलिएको छ, सौताको झगडामा कपाल लुछालुछ गरे झैं । जनता रोग,भोक र शोक खपिरहेका छन । सरकार लंगडो छ । जनता भोकले कराउदै छन , सरकार बहिरो छ । जनताका लाश दिनदिनै उठिरहेका छन , सरकार अन्धो छ । बास्तवमै चौबाटोमा उभिएर हेर्दा मलाई ताज्जुव लाग्छ, अचम्म लाग्छ ।

बिराटनगर महानगपालिकामा कोरोनाको जोखिम बढेको भन्दै स्थानिय सरकार अर्थात महानगरपालिकाले लकडाउनको घोषणा गर्यो । लकडाउनको घोषणाकै क्रममा पनि प्रदेश सरकारले हलो अड्काएकै हो । तर, स्थानियरुपमा लकडाउनको माग अत्याधिक बढेपछि प्रदेश सरकारले स्थानिय तहलाई अधिकार प्रत्यायोजन गरेको कतै लुकेको छैन । सामाजिक बिकास मन्त्रालय अन्र्तगतको यो बिषय, निर्णय वा जिम्मामा फेरी एकपटक जनताको सुरक्षाको भन्दा राजनैतिक अहंमताको तस्विर देखियो । लाग्यो, बिराटनगर महानगरमा नेपाली कांगे्रसका जनप्रतिनिधी निर्बाचित हुनु प्रदेश कमाउन्युष्ट सरकारकालागी राजनैतिक प्रतिशोध साध्नका लागी हो ।

आँखा फुटेको गोरुले सधै हरियो देख्छ भनेझैं यिनले जनताको जिवन सुरक्षाका निम्क्ति महानगरको यो निर्णयमा समेत राजनिती नै देखे । हुनत सामाजिक बिकास मन्त्री र मन्त्रालयको निर्णय क्षमताको बिषयमा शब्द खर्चनु ब्यर्थ नै छ । एउटा सामान्य वडा सदस्यले गर्ने काममा मन्त्री आफै सरिक हुन्छन । मुसुक्क हास्छन, फोटो खिचाउँछन । दुधे बालकको हुज्जत सचिवालय छदैछ , मुहार पुस्तिकामा ठोकिदिन्छन फेरी लेखिदिन्छन–“जनताका पिडामा माननीय मन्त्रिज्यु ।” सेलरोटी र आलु टिम्मुरको स्वाद लिन देखि स्वस्थानीको साङ्घे समापनमा प्रमुख अतिथी, सेतो गाडी झण्डा फररररर ।

सायद प्रमुख जिल्ला अधिकारीले बिराटनगर टेकेको ३ दिनमा मुख खोले – सरकारले सहयोग गरेको छ भनेर । तर सरकार प्रश्न यो पनि आउँछ– के बिराटनगरका जनताको दायित्व केवल महानगरको मात्र हो ? के बिराटनगर प्रदेश नं १ को नक्सा भन्दा बाहिरको अलग्गै राज्य हो ? के बिराटनगरमा नेपाली कांग्रेसबाट मेयर, उपमेयरमा निर्बाचित हुनु बिराटनगरका लागी अभिशाप बनेको हो ?

के बिराटनगरका जनताको दायित्व केवल महानगरको मात्र हो ? के बिराटनगर प्रदेश नं १ को नक्सा भन्दा बाहिरको अलग्गै राज्य हो ? के बिराटनगरमा नेपाली कांग्रेसबाट मेयर, उपमेयरमा निर्बाचित हुनु बिराटनगरका लागी अभिशाप बनेको हो ? कोरोनाको यो भयावह कहरका समयमा प्रदेश सरकारको भुमिकाका बिषयमा प्रश्न स्ववाभिकरुपमा खडा भएका छन । संक्रमितको संख्या दिनदिनै बढ्दो क्रममा छ । बिरामीलाई राख्नका लागी शैया उपलब्ध छैनन । राखिएका बिरामीकालागी सामान्य मानबिय सुबिधा छैन । बिरामी पोशिलो खानेकुराको नाममा झोलमा डुबेको किरा खान बाध्य छन । मानसिक रुपले बिरामीलाई मजबुत बनाउनुपर्नेमा बिरामी झन झन बिरामी बन्दै गएका छन । अस्पताल अस्पताल कम डम्पिङ साइट जस्तो बन्दै गएको छ । सरकार सामान्य झारा टार्ने प्रष्टिकरण दिन तल्लिन छ । उता माननीय मुख्यमन्त्री गायव बनेका छन । पार्टीको आन्तरिक बिबादमा फसेका मुख्यमन्त्री बिबाद समाधान खोज्न सायद केन्द्र पुगेका छन । जनता यहाँ दिनैदिन मृत्यु कुर्न विवस छन सरकार सहयोग जुटाउँदै छ रे !

महानगरका प्रमुख भिम पराजुलीले प्रदेश सरकारले कोरोना कहरमा यथोचित सहयोग नगरेको प्रष्ट पारेका छन । चाहे त्यो लकडाउन घोषणाका क्रममा होस चाहे अहिलेको असामान्य अवस्थामा । करिव २ महिना अघि प्रदेश सरकारले घोषणा गरेर केवल घोषणामा नै सिमित गरेको २५० सैयाको कोभिड अस्पतालका सैया कहाँ बनाउँदैछ पत्तो छैन ? समुल प्रदेशको त कुरै छोडौ केवल बिराटनगरका मात्र संक्रमितको संख्यालाई समेत प्रदेशमा रहेका ३ वटा उपचार केन्द्रले थेग्न सक्ने अवस्था अब पक्कै छैन ।

महानगरले आफ्नो सम्पूर्ण तागत कोभिडको नियन्त्रण प्रयासमा खर्च गरिरहेको छ तर, उता प्रदेश सरकार कता छ र कस्तो योजना बनाइरहेको छ जनतालाई पत्तै छैन । यो प्रष्ट छ कि प्रदेश सरकारको सहयोग नरहने हो भने कुनै पनि महानगर, नगर वा पालिकाले पुर्णरुपले काम गर्न सक्दैनन । तर, यहाँ त हरेक परिस्थितीमा राजनितीको प्रश्न आउँछ । यो भयावहतामा पनि आफ्नो बर्चस्वतालाई टिकाउन वा बढाउन सकिन्छ कि सकिदैन ? त्यसैले सायद प्रमुख जिल्ला अधिकारीले बिराटनगर टेकेको ३ दिनमा मुख खोले – सरकारले सहयोग गरेको छ भनेर । तर सरकार प्रश्न यो पनि आउँछ– के बिराटनगरका जनताको दायित्व केवल महानगरको मात्र हो ? के बिराटनगर प्रदेश नं १ को नक्सा भन्दा बाहिरको अलग्गै राज्य हो ? के बिराटनगरमा नेपाली कांग्रेसबाट मेयर, उपमेयरमा निर्बाचित हुनु बिराटनगरका लागी अभिशाप बनेको हो ?

 

सम्बन्धित

ताजा अपडेट
प्राथमिक उपचारसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न
रास्वपाको असोज १ र २ गते राष्ट्रिय भेला हुने
भारतीय कम्युनिष्ट नेता यचुरीको निधन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल