Birat Post शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

यो वर्ष सबै आमाका छाेराछाेरीहरू सुरक्षित रहुन् । हरेक छोराकोरीका आमाहरू सुरक्षित रहुन्। पृथ्वीका हरेक जीवात्माहरूका आमा र सन्तानहरूमा भगवानको कृपा रहीरहोस् । सदा सर्वदा सबै आमाहरुकाे मुहारमा मुस्काना रहिरहाेस्। अनि सबै परिवारजनमा सुस्वास्थ्य, दिर्घायु एवम उत्तराेतर प्रगतीकाे कामना।
मानव जगतमा आमा जस्तो प्रिय लाग्ने चीज सायत अरु कुनै छैन। आमा ती साक्षात देवी भगवती हुन् जसको वर्णन गर्न जतिसुकै र जस्तासुकै शब्दले गुणगान गाए पनि त्याे अपुरो हुन्छ।हरेक सन्ततिलाई नौ महिनासम्म आफ्नो गर्भमा राखेर अनेक दुख, कष्ट सहँदै जन्माई, हुर्काइ सक्क्षम बनाउने आमा साक्षात् सृष्टिकर्ता भगवती हुन्। आमा ममताको खानी, स्नेहकाे सागर र वात्सल्यकी आकाश हुन्। सन्तानका लागि आमा धर्ती हुन्,माया ममता र प्रेरणाको प्रतिमूर्ति हुन् ।
वैशाख कृष्णपक्षको औँसी तिथि अर्थात मातातीर्थ औंसी, मातृसम्मान दिवस । आज आफुलाई जन्म दिने / कर्म दिने आमाको मुख हेर्ने र आमालाई विशेष रूपले सम्मान गर्ने दिन । त्यसैले आजको दिनमा आमा जिवित हुनेहरूले आमाको दर्शन गरी आगालाई मनपर्ने मिष्ठान्न लुगाफाटा लगायत उपहारद्वारा सम्मान र कृतज्ञता अर्पण उर्दछन भने आमा नहुनेहरूले विभिन्न तीर्थहरूमा गई आमाको माेक्षगतिकाे कामनाकासाथ आमको नाममा श्राद्ध,तर्पण तथा पिण्डदान गर्दछन।बाचुन्जेल माता पिताको सेवा गर्न पाउनु छोरा-बुहारी, छाेरी-ज्वाइँ तथा नातिनातिनीहरूको सौभाग्यको कुरा हो । सितीमीती यस्तो सौभाग्य हरकोहीलाई प्राप्त हुदैन । आमाको ममताले भरिपूर्ण भएको घर स्वर्गसमान हुन्छ । स्वर्गमा सुखमात्र पाइन्छ तर यस धरातलमा त साना-ठूला सबैले सबैको माया- ममता र आशिर्वाद पाइन्छ । यस धरातलमा जून प्रकारको मानव-मानवबिचकाे पारिवारिक सुख पाइन्छ,त्याे स्वर्गमा समेत कदापि पाइदैन र अरू याेनिहरुमा समेत पाइँदैन।
मातृदेवाे भव।
पितृदेवो भव ।।
आचार्यदेवो भव ।।।

‘जननी जन्मभूमिश्व स्वर्गादपि गरियसी’
‘कुपुत्राे जायते क्वाचिदपि कुमाता न भवति’
उल्लेखित संस्कृत श्राेकहरूले आमा अर्थात मातृ महिमा बोकेका छन् । शास्त्रहरुमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ। यसरी श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई साक्षात देवी को रूप भनिन्छ। हामि मध्ये धेरैले सर्वप्रथम बोल्न सिकेको शब्द आमा हो । अनि पल- पलमा सम्झना आउने, सुख दुःखमा झझल्को अनुहार ‘आमा’ को हो । विहान उठ्ने बितीकै आमाको अनुहार हेरेर, आमाको चरणकमलमा साष्टाङ्गत दण्डवत गर्दै आशिर्बाद थापेर आफ्नो काममा लाग्नु भयो भने तपाई हरुको दिन शुभ रहन्छ र कुनै कामको सुरुवात गर्नु छ भने आमाको हात बाट गर्नु होस । तपाई हरुको त्यो काम पूर्ण हुन्छ । आफूलाई जन्म दिने आमाको वचन अमृत समान हुन्छ ।
आमाको कुरा गर्दा एउटा प्रख्यात हिन्दी भनाइ छुटाउनै मिल्दैन- नारी निन्दा मत करो नारी नर की खान, नारी से पैदा हुए तुलसी सुर सुमान । अर्थात् नारी जातिको निन्दा कहिल्यै कदापी नगर्नू, उनीहरुको अवहेलना नगर्नू किनभने नारी भनेका पुरुषका स्रोत हुन् । भगवान राम, माता सीता,राजा जनक,कालिदाश, माहात्मा गान्धी, गौतम बुद्ध, अब्राहम लिङ्कन जस्ता महान व्यक्तीहरू सबै नारीकै कोखबाट जन्मिएका हुन । नारी अर्थात् आमाको महिमालाई वेद, पुराण, धर्मशास्त्र आदिमा उच्चस्थानमा राखिएको छ । भागवत पुराणमा भनिएकाे छ- जन्मदाता एवं पालनकर्ता भएका कारण पूज्यहरुमा पनि पूज्य जनक तथा पिता कहलाउँछन्।जन्मदाताभन्दा अन्नदाता पिता श्रेष्ठ मानिन्छन्।त्यस भन्दा हजाराैहजार गुणा श्रेष्ठ एवं वन्दनीय माता हुन्छिन्।किनभने उनी सन्तानलाई गर्भधारण तथा पाेषण प्रदान गर्छिन्।शास्त्रमा आमाकाे गाैरव गुरूभन्दा दस लाख,आचार्यभन्दा लाख तथा पिताभन्दा हजार गुणा बढी हुन्छ भन्ने कुरा बताइएकाे छ।
मातृत्व आफ्नै सन्तानमा मात्र सीमित हुँदैन।वेदमा साेहृ प्रकारका आमाके वर्णन गरिएकाे छ-दूध पिलाउने,गर्भधनरण गर्ने,भनेजन गराउने,गुरुपत्नी,इष्टदेवताकी पत्नी,पिताकी पत्नी(साैतेनी आमा),पितृकन्या(साैतेनी बहिनी)सहाेदर बहिनी,छाेराबुहारी,सासु,आमाकी माता,पिताकी माता,भाइबुहारी,सानीमा,फुपु र माइजु ।यी सबै नारी सदा सर्वदा पूजनीय हुन्छन्।यिनकाे आफ्नै धर्म,महत्व र महिमा छ।हरेक पुरुषले यिनलाई आमा अर्थात साक्षात भगवती काे रुपमा रुपमा हेर्नुपर्छ।कुनैपनि परिवारमा हेराैं जहाँ आमा विशेष हुन्छिन्।यदि आमा नहुँदाे हाे वा आमालाई आमाकाे महत्व/ स्थान नदिने हाे भने, त्याे परिवार विथाेलिन्छ,लथालिंग हुन्छ,भताभुङ्ग हुन्छ।परिवार,परिवार जस्ताे हुँदैन।सबै आफूखुसी गर्छन्।परिवारकाे संभावित विखण्डनबाट बचाउँन आमाकाे उपस्थिती मात्र पनि काफी हुन्छ।जहाँ आमा हुन्छीन् त्यहाँ आस्था,विश्वास र प्रेम सदैव हुन्छ।जहाँ आस्था,विश्वास र प्रेम हुन्छ,त्यहाँ परस्पर सम्बन्ध सुमधुर र मिठासपूर्ण हुन्छ।
पाैराणिक कालमा आमाकाे उपदेशबाट सन्तानले सफलता प्राप्त गरेका अनगिन्ती कथा हरु छन्।महाभारतकालमा विदुला नामकी महारिनी थिइन।उनकाे संजय नाम गरेकाे पुत्र त्यही देशकाे राजाथियाे।एकदिन छिमेकी राज्य काे राजा सिन्धुराजले उक्त राज्यमा आक्रमण गर्याे।युद्धबाट विदुलापुत्र भाग्न बाध्य भयाे।जब विदुलालाे आफ्नाे पुत्र कायर भै युद्ध छाेडेर आएकाे देखिन् तब अनले अत्यन्त क्रोधित मुद्रामा आफ्नाे पुत्रलाई भनिन्-थुक्क लाछी,कायर,डरपाेक।तँ बरु मरेकाे भए हुन्थ्याे।तैंले मेराे दूध खाएकाे रहेनछस्।तैंले आफ्नाे पूर्खाकाे गाैरव माटाेमा मिलाइस्।धिम्कार छ मलाई तँजस्ताकि आमा भएकाेमा,धिक्कार छ मेराे काेख लाई।आमाकाे यस्ताे अप्रिय वचन सुनेर संजय पुन:युद्धमा फर्कियाे र सिन्धुराजमाथि विजय प्राप्त गरेर आमासामु उपस्थित भयाे।त्यसबेला विदुलाले बहादुर छाेराकी आमा भएकाेमा गर्वले छाती फुलाँउदै भनिन्-‘स्याबास छाेरा!तँ मेराे रगत हाेस्।तेराे आमा हुन पाउदा मेराे छाति गर्वले फुलेकाे छ।
जसले हामीलाई याे धरातालमा ल्यायाे आज हामी उनैलाई भुलिरहेका छाैँ।आफू भाेकै बसेर भाेक छैन भनेकाे सायद सन्तानले बिर्से पनि हाेलान्न।त्याे आमाकाे काख जस्ताे स्वर्गीय आनन्द कतै लाग्दैन थियाे।आज त्याे काख किझाउने सिस्नाे जस्तै बनेकाे छ।बाल्यकालमा त्यही आवाज सुमधुर लाग्थ्याे,आज बूढेसकालमा त्यहि आवाज कर्कस लाग्न थालेछ।आफ्नाे सन्ततिकाे हाँसाे र खुसीमा मात्र सुख देख्ने आमा आज त्यही खुसी महसुस गर्न समेत पाउदिन्न।बाल्यकालमा सन्तानलाई काँडाले छुँदा आमाकाे दिलमा घाउ हुन्थियाे तर आज सन्तानका कतिपय अप्रिय बचनले आमाकाे दिलमा घाउ हुन पुगेकाे हुन्छ।हिजाे सन्तानका लागि दु:खकाे पहाड बनाएकी आमा आज कतिपय तेहि सन्तानका लागि बाेझ र मसिङ्गर बनिरहेकी हुन्छिन।
बाल्यकालमा आमाले आफ्नाे सन्तानलाई केही नहाेस् भनेर २४ सैं घण्टा रेखदेख गर्थिन तर आज आफ्नाे आमाकाे लागि तेही सन्तानलाई एक घण्टा समय निकालेर हस्पिटल लैजान समेत हम्मेहम्मे पर्छ।सन्तानलाई नै आफ्नाे सम्पती,सारा संसार ठानेर बसेकी आमाकाे सन्तानमा पखेटा पलाउने बितिकै संसार नै उजाड लाग्द छ।आखिर किन??याे प्रश्नकाे उत्तर हामी सबै युवा पुस्ताले खाेज्न आवश्यक छ।
हामीलाई जन्मदिने,कर्मदिने आमालाइ बूढेसकालमा माया ममता साथै स्नेह दिन सकेनाैँ भने हामी बनच्नुकाे कुनै अर्थ रहँदैन।हामीले याे संसारमा मानव भएर जन्म लिएकाे व्यर्थ हुन्छ।आमालाई देख्नसाथ यस्ताे लागाेस् कि जसले हामीलाई हाम्रो जीवन दिइन,एक दिन याे जीवन उनैकाे नाममा समर्पण गर्न पाइयाेस्।याे साैभाग्य निकै कम मानिसहरुले मात्र पाउँछन्।
जीवन र जगतमा आमाकाे माया अपारनै छ।जीवजन्तु तथा जनावरकाे समेत आफ्ना बच्चालाई कसरी माया ममता गरेकाे हुन्छ भन्ने कुरा हाम्रा आफ्नै आखाँले देखेकै छाैँ भने हामी त विवेकशील प्राणी हाैँ,हाम्रो कर्तव्य र दाईत्व्य नै हुन्छ,आफ्नाे मातापिता लाई माया गर्ने।आफ्ना सन्तानका निम्ति आफ्नाे सारा संसार नै भुलिदिने ती सम्पूर्ण आमाकाे साेच,सहास र ममतालाई पङ्तिकारकाे सलाम छ।आमाकाे जीवनकाे रक्तश्रावबाट नै मेराे जीवनकाे ब्रम्हनाल बनेकाे हाे।जसले आफूलाई टुक्राएर मलाई सिङ्गाे जीवन दिइन्,याे सुन्दर संसार देखाइन्,सारा मेराे जीवन उनै आमाकाे सेवामा सपर्पित छ।
(लेखक निराैला इटहरी नमुना कलेजस्थित बीएसडब्लु दाेस्राे बर्षमा सामाजिक कार्य विभाग अन्तर्गत आमसञ्चार तथा पत्रकारिता विषयमा अध्ययन्रत छन्)

सम्बन्धित

ताजा अपडेट
विराटनगर वडा नं. ८ का जेष्ठ नागरिक भाग्यमानी, वडाध्यक्ष पोखरेलको सक्रियताले पाए दाँत
विद्यालयस्तरीय फुटबलमा डन बस्को स्कुलको विजयी सुरुवात
आठ देशका लागि राजदूत सिफारिस, को को छन् ?

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल