Birat Post शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १७ बैशाख ।

बिराटनगर महानगरपालिका ६ बाट चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर -८ का २२ बर्षीय मोहमद जुमन, बिराटनगर- ११ का ३४ बर्षीय मोहमद अन्सारुल र बिराटनगर -१२ का २२ बर्षीय पवन रविदास रहेका छन । शुक्रबार बिहान वडा प्रहरी कार्यालय क बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर ६ स्थित रामपुर चौकमा सिटी सफारीमा प्रयोग हुने ५ थान ब्याट्री चोरी गरी को २ ह ३६१० नम्बरको अटो टेम्पोमा लादै गरेको अवस्थामा तीनै जनालाई समान सहित पक्राउ गरेको हो । विराटनगर महानगरको १ ह ००९३ नम्वर र को १ ह ७८१८ नम्बरको दुई वटा सिटी सफारी समेत उनिहरुले चोरी गरेको आरोपमा सिटी सफारी समेत बरामद गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
नेपाल नर्सिङ संघ मोरङमा बरिष्ठ नर्सिङ निरिक्षक लजिता योन्जन निर्वाचित
वाइसिएल मोरङको अध्यक्षमा योगेन लिम्बू
सास्थम कलेज विराटनगरद्वारा विएचएम र विविएका विद्यार्थीहरुको बिदाई 

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल