Birat Post सोमबार, जेठ ३०, २०७९ मा प्रकाशित

featured photo: Birat Post

पथरी,३० जेठ ।

मोरङको रतुवामाई नगरपालिका ८ मा ४ परिवारका १२ जना एकैसाथ बिरामी परेका छन् । वडा नं.८ को मिलन चौकका ४ परिवारमा यस्तो रोग देखा परेको हो । रोगको लक्षण सुरुमा टाउको दुख्ने, ज्वरो आउने, बान्ता हुने र लगातार झाडापखला लाग्ने गरेको छ ।  मिलन चौक ४ का १२ जना एकसाथ विरामी परेको विरामीका आफन्तले बताए ।

उनिहरुकाे उर्लाबारी स्थित मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा उपचार भइरहेकाे छ ।  उनिहरुलाई हैजा रोगसँग मिल्दोजुल्दो लक्षण देखा परेको उपचारमा संलग्न फिजीसियन डाक्टर कुशल वस्तीले बताए ।

शनिवार साँझबाट विरामी परेका स्थानीय पूर्ण बहादुर खड्का, होमु खड्का, लिला खड्का, आदित्य खड्का आशिका खड्का  स्थानिय मोहन श्रेष्ठ, अस्मिता श्रेष्ठलाई मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा उपचार सम्वभव नभएपछि नोवेल अस्पताल विराटनगर रिफर गरिएको रतुवामाई नगरपालिका ८ का वडा अध्यक्ष पुष्पबहादुर कार्कीले जानकारी दिए  ।

यस्तै सोही स्थान बस्ने शोभा हस्ता र उनकी छोरीको मोरङको झुर्कियामा उपचार पश्चात घर फर्किएको र विरामी मध्येका होम बहादुर खड्का विराट टिचिङ अस्पतालको आईसियुमा उपचारत रहेको अध्यक्ष कार्कीले बताए ।

अध्यक्ष कार्कीले नोवेल अस्पतालमा उपचारत विरामीहरुमा हैजा रोगसँग मिल्दोजुल्दो लक्षण देखापरेता पनि रोग आधिकारीक रुपमा पुष्टि भइ नसकेको बताए ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल