Birat Post बिहिबार, मंसिर २५, २०८२ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर , २५ मंसिर

कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयले धनकुटा अस्पताल हस्तान्तरण भएसँगै मेडिकलतर्फको विएससी नर्सिङग कक्षा सञ्चालन गराउने भएको छ ।

नियमनकारी निकाय चिकित्सा शिक्षा आयोगको निर्देशन अनुसार विएससी नसिंङग विषयको पाठक्रम तयार गरिसकोले कोशी प्रदेश सरकारले प्रतिबद्धता अनुसार चाँडो धनकुटा जिल्ला अस्पताल हस्तान्तरण गरेसँगै मनमोहनले अगामी शैक्षिकसत्रदेखी नै विएससी नर्सिङग कक्षा सञ्चालन गराउने तयारी गरेको हो ।

विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले कोशी प्रदेश सरकाले गत जेठमै निर्णय गरेर धनकुटा अस्पताल शिक्षण अस्पतालका लागि मनमोहनलाई हस्तान्तरण गर्न प्रकृया थालिसककोले अब सम्झौता गरेर टुगो लाग्ने वित्तिकै विएससी नर्सिङग कक्षा आगामी शैक्षिक सत्रदेखी नै सुरुहुने बताए । उपकुलपति पोखरेलले भने ‘सायद माघ भित्रमा हामीले धनकुटा अस्पताल प्राप्त गरिसक्छौ र बैसाखभित्र नर्सिङगतर्फको पाठयक्रम पनि सञ्चालन गरिसक्ने छौ । ’

कोशी सरकार आफनैले २०७६ मा स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले शिक्षण अस्पताल प्राप्त नगर्दा अझै मेडिकलतर्फको कार्यक्रमहरु सञ्चालन गराउन पाइरहेको छैन । स्वास्थ्य प्राविधिक कार्यक्रमहरुका लागि पाठक्रमण निर्माण गरिसकेपनि अस्पताल प्राप्त नहुदा विश्विद्यालय सरकारको अन्तिम सम्झौताको निर्णय पर्खेर बसिकेको छ । सम्झौताका लागि मनमोहनले कोशी सरकारलाई सम्झौतापत्रको खाका पनि बुझाईसकेको छ । तर सरकारको स्वास्थ्य मन्त्रालयले उक्त्त सम्झौताको फायल अगाडी बढाएको छैन ।

मनमोहन प्राविधिक विश्वविद्यालयले स्कृल अफ मेडिकल एण्ड हेल्थ साइन्सबाट चार बर्षे विएससी नर्सिङग कार्यक्रमका लागि नयाँ पाठयक्रम चिकित्सा सेवा आयोगले तोकेको मापदण्ड अनुसार तयार गरिसकेको छ । पाठक्रमको चिकित्सा शिक्षा आयोगका निर्देशक प्राडा सुजबाबु मरहठाले आफनै उपस्तित भएर निरिक्षण पनि गरिसकेका छन ।

कोशी प्रदेश सरकारले २०७६ मा स्थापना गरेको देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयले हालसम्म आफनै आंगिक क्याम्पसहरु मार्फत ईन्जिनिरिङतर्फ सिभिल , ईलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक्सतर्फ स्नातक , फार्मेसी अनि पाँच बर्षे विविएएलएबी अनि स्नातोकोत्तरतर्फ एलएलएम अनि हस्पिटल म्यानेजमेन्ट विषयको पढाई गर्दै आएको छ ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरमा ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउँदै, गो–कार्टको समेत मज्जा लिन पाइने
लुम्बिनीको घातक बलिङ, विराटनगरलाई दियो १३५ रनको लक्ष्य
धनकुटा अस्पताल हस्तान्तरण भएसँगै मनमोहनमा विएससी नर्सिङको पढाई सुरु हुने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल